PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

क्रिकेट नेतृत्वमा विवाद : साधारणसभामा बबाल, फोटोमा हेर्नुस् प्रहरीले गरेको हस्तक्षेप



क्रिकेट नेतृत्वमा विवाद : साधारणसभामा बबाल, फोटोमा हेर्नुस् प्रहरीले गरेको हस्तक्षेप

काठमाडौँ :  प्रहरी नै प्रहरी उपस्थित भएको यो दृश्य सडकको नभएर नेपालको क्रिकेट प्रशासन सम्हाल्ने नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्व चयनका लागि हुन लागेको साधारणसभाको हो।

क्यानको एक समूहले 
 मंसिर २८ र २९ गते काठमाडौँको कमलादीस्थित राजघराना होटलमा साधारण सभा गर्ने तय गरेको थियो। तर क्यान अध्यक्ष टंक आङ्गबुहाङ लिम्बुले आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई पत्र लेख्दै अध्यक्षसँग परामर्श नगरी निर्वाचन गर्न लागिएको जानकारी दिए। 

त्यसै अनुसार सदस्य सचिवले साधारण सभामा
 प्रतिनिधि छनौट विधि प्रक्रिया, पद्दति र कार्यविधि पूरा नभएको भन्दै साधारण सभा र निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम अर्को निर्देशन नभएसम्म स्थगित गर्न  निर्देशनसहित सोमबारको मितिमा पत्र लेख्यो। 

सोही पत्र पढ्न खोज्दा दुई पक्षबीच विवाद बढेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको हो। 

साधारण सभामा अध्यक्ष टङ्क आङबुहाङ र उनको समूह उपस्थित छैनन्। त्यस्तै कार्यक्रम उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा डाकिएका युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल पनि  उपस्थित भएनन्।

का‌ंग्रेस सांसद धनराज गुरुङले साधारणसभा उद्घाटन गरेलगत्तै होहल्ला मच्चिएको थियो। 






















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell