
- पहिलोपोस्ट-
मंगलबार भएको खेलमा नामिबियालाई पराजित गरेपछि बंगलादेश समूह ए को बिजेता बन्दै नेपालसँगको क्वार्टरफाइनल भेट पक्का गरेको हो। नेपाल समूह डि को उपविजेता हो। त्यस्तै क्वार्टरफाइनलमा समूह डिको विजेता भारतले समूह ए को उपविजेता नामिबियासँग भिड्नेछ।
समूह ए अन्तर्गतको खेलमा बंगलादेशले नामिबियालाई ८ विकेटले पराजित गरेको छ। नामिबियाले दिएको ६६ रनको लक्ष्य बंगलादेशले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो। बंगलादेशका लागि जयराज सेखले नटआउट ३४ र नाज्मुल हसन सान्तोले नटआउट १४ रनको योगदान गरे।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३२.५ ओभरमा अलआउट हुँदै जम्मा ६५ रन जोडेको थियो। उसका २ खेलाडी बाहेक अरुले दोहोरो अंकको स्कोर नै बनाउन सकेनन् भने तीन खेलाडी सून्य रनमै आउट भए। बलिङतर्फ बंगलादेशका सले अहमद साओन, मेहदी हसन मिराज र अरिफुल इस्लामले समान २ विकेट लिए भने महम्मद सैफुद्धिन र सइद सरकारले १/१ विकेट लिए।