PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

हिजो राति गठन भएको सीमाङ्कन सिफारिस समितिका संयोजक थापाले भने : सहयोग गर्नुस्



काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सीमाङ्कनको विषयमा सिफारिस गर्न राजनीतिक समिति गठन भएको बताउँदै त्यसलाई सघाउन आह्वान गरेका छन्।
 
भारत भ्रमणको पूर्वसन्ध्यामा सरकारले आन्दोलनरत दलको सहमतिविना नै तीन महिनामा सीमाङ्कनबारे सिफारिस गर्न मन्त्री थापाको नेतृत्वमा समिति गठन भएको थियो। बिहीबार राति मन्त्रिपरिषदको बैठकले एकपक्षीय रुपमा थापाको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो।  
 
आज माइक्रोब्लगिङ साइट ट्विटरमा थापाले लेखेका छन् – 'प्रदेश सीमाङ्कनबारे सिफारिस गर्न राजनीतिक समिति गठन भएकाले यसमा सहभागी भै समाधान खोज्न आन्दोलनरत मधेस केन्द्रित दलहरु र सम्वद्ध सबैपक्षमा आग्रह छ।'

 
उनले एक अर्को ट्विट गरेर आन्दोलरत दलहरु र अन्य पक्षको मागलाई समेत दृष्टिगत गर्दै प्रदेश सीमांकनबारे सिफारिस गर्न राजनीतिक समिति गठन भएको जानकारी दिँदै सहयोगका लागि सबैमा अपील गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell