
- प्रभात भट्टराई/पहिलोपोस्ट-
चीनका प्रधानमन्त्री लि खछ्यानले समकक्षी केपी ओलीसँगको भेटमा राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण सन् २०१६ को अन्त्यसम्ममा हुने जानकारी गराएका हुन्।
ग्रेट हाल अफ पिपुल्समा भएको ३५ मिनेट लामो दुई पक्षीय कुराकानीमा ओलीलाई खछ्यानले भ्रमणबारे जानकारी गराएका हुन्। द्वीपक्षीय भेट लगत्तै सहमति र सम्झौताका कार्यक्रमहरु भएका थिए।
प्रधानमन्त्री ओली र समकक्षी लीले करिब १५ मिनेट ‘वान टु वान’ कुराकानी गरेका थिए। कुराकानीका क्रममा लीलाई प्रधानमन्त्रीले ओलीले नेपाल भ्रमणको निम्तो दिएका थिए। भेटवार्ताबारे चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा समेत चीनको तर्फबाट यसबर्ष नेपालमा उच्चस्तरिय भ्रमण हुने उल्लेख छ।
ओलीको निम्तो स्वीकार्दै लिले सन् २०१६ को अन्त्यसम्ममा राष्ट्रपति जिनपिङको नेपाल भ्रमण हुने जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति जिनपिङसँग भेटवार्ता समेत गरेका छन्।
यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले प्रधानमन्त्री बाबुराम भट्टराई सरकारका बेला नेपाल भ्रमण गरेका थिए।