PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

भारत भ्रमणमा नआएको संयुक्त विज्ञप्ति चीन भ्रमणमा आयो, चीन भन्छ - संविधान स्वागतयोग्य



भारत भ्रमणमा नआएको संयुक्त विज्ञप्ति चीन भ्रमणमा आयो, चीन भन्छ - संविधान स्वागतयोग्य
फोटो : चाइना डेली

  • पहिलोपोस्ट-
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा जारी हुन नसके पनि एक महिनापछि भएको चीन भ्रमणमा भने संयुक्त विज्ञप्ति जारी भएको छ। 

चीनले प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणका क्रममा संयुक्त वक्तव्यमा संविधानको स्वागत गरेको छ।

नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्यको दोश्रो बुँदामा भनिएको छ – चिनियाँ पक्ष नेपालमा जारी भएको संविधानको स्वागत गर्दछ, यो नेपालको राजनीतिक संक्रमणको ऐतिहासिक प्रकृया हो। चीन विश्वास गर्दछ कि नेपालले यो अवसरलाई राजनीतिक स्थायित्व र आर्थिक विकासमा लगाउनेछ।

भारत भ्रमणमा भने नेपालको संविधानको स्वागत गर्ने शब्दमा कुरा नमिलेपछि संयुक्त विज्ञप्ति जारी हुन नसकेको थियो। 

यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीको संयुक्त प्रेस ब्रिफिङका क्रममा मोदीले संविधानको रचनालाई महत्वपूर्ण सफलता भनेका थिए।

भारतले हालसम्म औपचारिक रुपमा नेपालमा संविधान जारी भएकोमा स्वागत गरेको छैन। बरु भारतीय प्रधानमन्त्रीको बेलायत भ्रमणका क्रममा नेपालको संविधान दिगो र समावेशी नभएको अर्थ आउने गरी संयुक्त विज्ञप्ति जारी गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell