PahiloPost

Oct 10, 2024 | २४ असोज २०८१

​बाबुराम भट्टराई भन्छन् - यो सरकार राजाबिनाको निरकुंश पञ्चायत



​बाबुराम भट्टराई भन्छन् - यो सरकार राजाबिनाको निरकुंश पञ्चायत
फाइल फोटो

  • पहिलोपोस्ट-
काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको सरकार राजा बिनाको निरंकुश पञ्चायतजस्तो भएको टिप्पणी गरेका छन्।

नयाँ शक्ति नेपालले काठमाडौंमा गरेको कार्यक्रममा त्यस पार्टीका संयोजक रहेका भट्टराईले सरकारले राष्ट्रवादको नाममा अधिकारका लागि लडेका नेपालीहरुमाथि नै उत्पीडन र विभेद गरेको भन्दै पञ्चायतसँग तुलना गरेका हुन्।

'हिजो पञ्चायतले निरंकुशता विरुद्ध लड्ने हामी कांग्रेस, कमयुनिष्ट सबैलाई अराष्ट्रिय तत्व भन्थ्यो। अहिले नक्कली राष्ट्रवादको हौवा पिटेर नेपाली जनतामाथि शोषण उत्पीडिन र विभेद कायम राख्ने प्रयन्त केही मान्छेले गरेका छन्' उनले भने 'फरक के मात्र हो भने हिजो राजा महाराजा र पञ्चहरुले यो शब्द प्रयोग गर्थे भने आज कम्युनिष्ट भन्ने साथीहरुले सत्तामा पुगेर कमल थापाको बोलीमा लोली मिलाएर त्यही शब्द प्रयोग गरेका छन्। यो मान्छेको फेरबदलल मात्र हो कुरा त्यही हो। हिजो राजा सहित पञचायत थियो। आज राजा विनाको निरकुंश पञ्चायत भएको अनुभूति भएको छ।'

भट्टराईले आफ्नो पुर्खाहरुले समेत देशको रक्षाका लागि रगत बगाएको भन्दै आफ्नो रगतमा पनि देशको स्वाधिनता र सार्वभौमस्ता रहेको दावी गरे। 'हामी अन्तिमसम्म स्वाधिनता र सार्वभौमसत्तामा कम्प्रमाइज गर्दैनौं' उनले भने 'यो हाम्रो जन्मजात गुण हो। स्वाधिनता र सार्वभौमसत्ता रगतमै छ, कसैले सर्टिफिकेट दिन आवश्यक छैन।'

भूकम्प गएको एक वर्षसम्म पुनर्निर्माणले गति नलिएको, आपूर्ति सहज नभएको, कालाबजारी कायम रहेको भन्दै भट्टराईले यसको विरुद्ध राष्ट्रिय आन्दोलनको आवश्यकता रहेको बताए। भूकम्पपछिको पुनर्निर्माण नेपालमा हाइटीजत्तिको पनि नभएको भन्दै भट्टराईले त्रिपाल पनि च्यातिएको नेपालको नयाँ पुनर्निर्माणको मोडल यो सरकारले देखाएको टिप्पणी गरे।

'भूकम्प गएको एक वर्ष भइसक्यो पुनर्निर्माण नवनिर्माणको सुरसार छैन भूकम्प पीडितहरु बर्खामा भिजे, हिउँले कठ्याङ्ग्रिए, अहिले हुरीले उडाउँदैछ'उनले भने 'नेपाल त हाइटीपथमा पनि गएन त्यहाँ त कम्तीमा पालमा बस्न पाएका थिए, नेपाली त पालमा बस्न पनि पाएका छैनन्, गएगुज्रेको नेपालपथतिर सरकारले लैजाँदैछ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell