PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

आइसिसीद्वारा क्यान निलम्बित, फन्ड नपाउने तर खेलाडीले खेल्न पाउने



आइसिसीद्वारा क्यान निलम्बित, फन्ड नपाउने तर खेलाडीले खेल्न पाउने

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था आइसिसीले नेपाल क्रिकेट स‌ंघ (क्यान) लाई निलम्बन गरेको छ। युएईमा बसेको आइसिसीको बोर्ड बैठकको निर्णयमा क्यानलाई निलम्बन गर्ने निर्णय उल्लेख छ। 

क्यान निलम्बनमा परे पनि नेपाली क्रिकेट टिमले आइसिसीका खेलहरु खेल्न भने पाउने छन्। बोर्डले खेलाडीहरुलाई यो निलम्बनले असर नपरोस् भन्दै यस्तो निर्णय गरेको बताएको छ। तर क्यानले पाउँदै आएको आइसिसी फन्डिङ भने अब रोकिने छ।

आइसिसीको व्यवस्थापनले नेपाली क्रिकेट समुदाय र अरु सरोकारवाला निकायलसँग मिलेर नेपालमा क्रिकेटको दीगो सुशासन र व्यवस्थापन संरचना बनाउन सघाउने निर्णयमा उल्लेख छ। 

किन निलम्बनमा पर्‌यो क्यान?

क्यानमा अहिले नेतृत्व विवाद छ। क्यानमा राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको एड हक कमिटी र विवादमा परेको निर्वाचनबाट चुनिएको नेतृत्व अस्तित्वमा छ। यो विषयमा सर्वोच्चमा पनि मुद्दा जारी छ। 

आइसिसीले विधानको दफा २.९ अनुसार सरकारी हस्तक्षेप हुन नहुने र स्वतन्त्र र निष्पक्ष चुनाव हुनुपर्नेमा नभएको कारण देखाउँदै क्यानको सदस्यता निलम्बित गरेको हो। 

क्यान सरकारी हस्तक्षेपबाट मुक्त नभएसम्म र त्यस्तो स‍ंरचना नबनेसम्म सदस्यता निलम्बित रहिरहने बोर्डले निर्णय गरेको छ।  




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell