PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

​कनकमणि पत्नीको आरोप– लोकमान सामन्ती प्रवृत्तिका व्यक्ति, सर्वोच्चको रिटमा अरु के-के छन् आरोप



​कनकमणि पत्नीको आरोप– लोकमान सामन्ती प्रवृत्तिका व्यक्ति, सर्वोच्चको रिटमा अरु के-के छन् आरोप

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका कनकमणि दीक्षितकी पत्नी शान्ता दीक्षितले आयोगका प्रमुख आयुक्त लोकमानसिंहलाई सामन्ती प्रवृत्ति भएको व्यक्ति भन्ने आरोप लगाएकी छिन्।

अख्तियारले आफ्ना पतिलाई गैरकानुनी हिरासतमा राखेको जिकिर गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा उनले लोकमानविरुद्ध विभिन्न आरोप लगाएकी छिन्। रिटमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले उनलाई थुनामा राख्नुको कारणसहित दीक्षितलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ। 

रिटमा रहेका लोकमानलाई लगाइएका केही आरोप

१)    लोकमानसिंह कार्की पटक पटक भ्रष्टाचारको छानबिनमा परिसकेका तर प्राविधिक आधारमा उम्किन सफल भएका तथा सम्पतिको कुनै आधिकारिक स्रोत बेगर ठूलो धनरासी आर्जन गरेको भनी आम जनताले पहिचान गरेका

२)    लोकमानसिंह कुनै पनि महत्त्वपूर्ण जिम्मेवारीको पदमा नियुक्त गर्न वास्तवमा योग्य व्यक्ति नभएको र निज अन्त्यन्त सामन्ती प्रवृत्तिका व्यक्ति भएको र त्यसै कारणले आफ्ना विरुद्ध नीतिगत कारणले प्रतिकूल टिप्पणी गर्ने व्यक्तिहरुका विरुद्ध निज सक्रिय रहने गरेको

३)    आफ्ना सम्पूर्ण विरोधी र विरोधको आवाजलाई समाप्त गरी जारकालीन रुसका रासपुटीन जस्तै चक्रवर्ती हुने निज विपक्षी लोकमान सिंहको चाहना छ। 

४)    लोकमानसिंह कार्कीको सेवाको दरबारी पृष्ठभूमि र नेपाल सरकारको मुख्य सचिव रहेको अवस्थामा मानवअधिकारको उल्लङ्घनमा निजको सक्रियता र संलग्नता सबैको जानकारीमा नै रहेको विषय हो। निजको मानवअधिकार उल्लङ्घनमा रहेको संलग्नताको पुष्टि आधिकारिक रुपमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश मा. कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनबाट समेत भएको छ। 

५)    अख्तियार जस्तो संसथामा सबैको सम्मान र विश्वास जित्न सक्ने पारदर्शी र विश्वसनीय छवि भएका व्यक्तिको नियुक्ति हुनुपर्ने र यस्तो पदमा राजपुटिन प्रवृत्तिका व्यक्ति हुन नहुने कुरामा विवाद हुन सक्दैन।

६)    मलाई आफू (कनकमणि दीक्षितकी) श्रीमती भएको प्रमाण मागियो भने उहाँका कानुन व्यवसायीलाई अख तियारको निर्देशनको कारणले भेट्न दिनै नमिल्ने भन्ने जवाफ दिइयो। 

​पढ्नुस् रिटको पूर्ण विवरण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell