काठमाडौँ : मधेसकेन्द्रित तर जनजाति गरी २७ पार्टीहरुको संघीय गठबन्धनले काठमाडौँकेन्द्रित आन्दोलन अन्तर्गत आइतबारदेखि देशको प्रमुख प्रशासनिक भवन सिंहदरबार घेराउ थालेको छ।
सिंहरदरबार घेराउको पहिलो दिन राजधानीको ट्राफिक अस्तव्यस्त भएको थियो। प्रशासनले सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरेकोले गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरु माइतीघर र अनामनगरको हनुमानस्थान केन्द्रित गरिएको थियो।
पद्मोदय मोडबाट सिंहदरबार हुँदै माइतीघर जाने सवारी साधनलाई पद्मोदय मोडबाट र तिनकुनेबाट नयाँबानेश्वर हुँदै माइतीघर आउने सवारी साधनलाई नयाँबानेश्वर चोकबाटै डाइभर्सन गरिएको थियो।
पद्मोदयबाट अनामनगर हुँदै हनुमास्थानतर्फ जाने सवारी साधनलाई बाँसघारी मोडबाटै डाइभर्सन गरिएको थियो। त्यस्तै कालिमाटीबाट त्रिपुरेश्वर हुँदै थापाथली आउने सवारी साधनलाई त्रिपुरेश्वरबाट डाइभर्सन गरिएको थियो।
माइतीघरको प्रदर्शनमा संघीय समाजवादी फोरमका कार्यकर्ताहरुको संख्या बढी थियो।
हनुमानस्थानको प्रदर्शनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु थिए। प्रदर्शनकारीले प्रतिगामी संविधान मान्दैनौं, नश्लवादी सरकार, भूकम्प पीडितलाई राहत देउ लगायतका नारा लगाए।
प्रदर्शनकारीको उपस्थितिलाई मध्यनजर गर्दै सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा बनाइएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन्। निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन प्रहरीले सडकमा काँडेतारको बार हालेको छ। प्रहरीले प्रदर्शन नियन्त्रणका लागि पानीको फोहरा सहितको ट्याङ्कर पनि ल्याएको थियो।
सरकारका तर्फबाट वार्ता समितिका संयोजक परराष्ट्र मन्त्री तथा उपप्रधानमन्त्री कमल थापाले वैशाख २६ गते मधेस केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ता गर्न पत्र लेखेको थियो। तर मोर्चाले वैशाख ३० गते त्यसको जवाफ लेख्दै आफूहरुले प्रस्तुत गरेको ११ बुँदे प्रस्तावबारे सरकारको स्पष्ट धारणा नआएको लगायतका कारण दर्शाउँदै वार्ताको वातावरण नरहेको जवाफ दिएको थियो।
यसअघि तराईमा आन्दोलनरत दलहरुले उठाउँदै आएका मागमा केही मागहरु थपेर संघीय गठबन्धनले सरकारसमक्ष २६ बुँदे माग अघि सारेको छ। तराईमा २ प्रदेश हुनुपर्ने, निर्वाचन क्षेत्र बिभाजन गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने, वैवाहिक नागरिकताको प्राप्ति संविधानमा नै प्रष्ट पार्नुपर्ने लगायतका मागहरु त्यसमा छन्।
२६ बुँदे माग विस्तृत पढ्न क्लिक गर्नुस्
सिंहरदरबार घेराउको पहिलो दिन राजधानीको ट्राफिक अस्तव्यस्त भएको थियो। प्रशासनले सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरेकोले गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरु माइतीघर र अनामनगरको हनुमानस्थान केन्द्रित गरिएको थियो।
पद्मोदय मोडबाट सिंहदरबार हुँदै माइतीघर जाने सवारी साधनलाई पद्मोदय मोडबाट र तिनकुनेबाट नयाँबानेश्वर हुँदै माइतीघर आउने सवारी साधनलाई नयाँबानेश्वर चोकबाटै डाइभर्सन गरिएको थियो।
पद्मोदयबाट अनामनगर हुँदै हनुमास्थानतर्फ जाने सवारी साधनलाई बाँसघारी मोडबाटै डाइभर्सन गरिएको थियो। त्यस्तै कालिमाटीबाट त्रिपुरेश्वर हुँदै थापाथली आउने सवारी साधनलाई त्रिपुरेश्वरबाट डाइभर्सन गरिएको थियो।
माइतीघरको प्रदर्शनमा संघीय समाजवादी फोरमका कार्यकर्ताहरुको संख्या बढी थियो।
हनुमानस्थानको प्रदर्शनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु थिए। प्रदर्शनकारीले प्रतिगामी संविधान मान्दैनौं, नश्लवादी सरकार, भूकम्प पीडितलाई राहत देउ लगायतका नारा लगाए।
प्रदर्शनकारीको उपस्थितिलाई मध्यनजर गर्दै सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा बनाइएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन्। निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन प्रहरीले सडकमा काँडेतारको बार हालेको छ। प्रहरीले प्रदर्शन नियन्त्रणका लागि पानीको फोहरा सहितको ट्याङ्कर पनि ल्याएको थियो।
कुन कुन दल आन्दोलनमा ?
सरकारका तर्फबाट वार्ता समितिका संयोजक परराष्ट्र मन्त्री तथा उपप्रधानमन्त्री कमल थापाले वैशाख २६ गते मधेस केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ता गर्न पत्र लेखेको थियो। तर मोर्चाले वैशाख ३० गते त्यसको जवाफ लेख्दै आफूहरुले प्रस्तुत गरेको ११ बुँदे प्रस्तावबारे सरकारको स्पष्ट धारणा नआएको लगायतका कारण दर्शाउँदै वार्ताको वातावरण नरहेको जवाफ दिएको थियो।
के हो माग ?
यसअघि तराईमा आन्दोलनरत दलहरुले उठाउँदै आएका मागमा केही मागहरु थपेर संघीय गठबन्धनले सरकारसमक्ष २६ बुँदे माग अघि सारेको छ। तराईमा २ प्रदेश हुनुपर्ने, निर्वाचन क्षेत्र बिभाजन गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने, वैवाहिक नागरिकताको प्राप्ति संविधानमा नै प्रष्ट पार्नुपर्ने लगायतका मागहरु त्यसमा छन्। २६ बुँदे माग विस्तृत पढ्न क्लिक गर्नुस्