PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​एमाओवादीद्वारा भट्टराई पक्षका दुई नेतालाई निलम्बन



​एमाओवादीद्वारा भट्टराई पक्षका दुई नेतालाई निलम्बन

काठमाडौं : एकीकृत नेकपा माओवादीले समानान्तर जिल्ला कमिटी गठन गरेको आरोपमा पोलिटब्युरो सदस्य गंगानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई कारबाही गरेको छ।

सोमबार बसेको एमाओवादी स्थायी समिति बैठकले धनुषामा समानान्तर जिल्ला कमिटी गठन गरेकोले नेताद्वय श्रेष्ठ र यादवलाई कारबाही गर्ने निर्णय गरेको एमाओवादीले जनाएको छ।

श्रेष्ठ तीन महिना र यादव एक महिना निलम्बनमा परेका हुन्। भट्टराई प्रधानमन्त्री हुँदा यादव उनका प्रमुख प्रेस सल्लाहकार थिए। यस्तै श्रेष्ठ भट्टराईको सचिवालयमा थिए।

वरिष्ठ नेता डा. बाबुराम भट्टराईसहित उनी पक्षधर नेताहरु लामो समयदेखि पार्टीको कुनै पनि बैठकमा उपस्थित नभएकाले स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको छ।

आउँदो बैठकमा पनि उपस्थित नभएमा रिक्त स्थानमा अन्य सदस्यलाई पदपूर्ति गरी भट्टराईलगायत नेतालाई पार्टी स्थायी समितिबाहिर राखेर अगाडि बढ्ने निर्णय भएको एमाओवादीले जनाएको छ।

स्थायी समिति बैठकका निर्णयप्रति नेता भट्टराईले भने गम्भीर असहमति राखेका छन्। उनले ट्विटरमा लेखेका छन्- ‘क्षतविक्षत पार्टीलाई पुनर्निर्माण गर्न खोज्ने र वैचारिक बहस चलाउनेमाथि प्रशासनिक डण्डा चलाउनुलाई विनासकाले विपरित बुद्दि बाहेक अरु के भन्ने?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell