PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​अम्बर गुरुङका छोराले भने – बुबा जिउँदै हुनुहुन्छ



​अम्बर गुरुङका छोराले भने – बुबा जिउँदै हुनुहुन्छ

काठमाडौं  :  वरिष्ठ संगीतकार अम्बर गुरुङको ग्राण्डी अस्पतालमा उपचार भइरहेको उनका छोरा राजु गुरुङले बताएका छन्।

पहिलोपोस्टसँगको कुराकानीमा राजुले उनको अवस्था चिन्ताजनक रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिए। 'बाहिरतिर हल्ला चलिसकेछ तर उहाँको उपचार भइरहेको छ' गुरुङले भने 'उहाँ जिउँदै हुनुहुन्छ, तर अवस्था भने चिन्ताजनक छ।'

गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि ग्राण्डी अस्पतालमा भर्ना गरिएका गुरुङको अवस्था क्रिटिकल रहेको र भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालका सञ्चार तथा जनसम्पर्क म्यानेजर विनोद अधिकारीले पहिलोपोस्टसँगको टेलिफोन कुराकानीमा भने 'उहाँको अवस्था क्रिटिकल छ र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, डा. (अर्जुन) कार्कीले उपचार गरिरहनुभएको छ।'

फोटो : अस्पतालमा अम्बर गुरुङका आफन्त



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell