
काठमाडौँ : सोमबार एकाबिहानै भएको आत्मघाती आक्रमणमा १४ जना नेपालीको मृत्यु भएको पुष्टि अफगानिस्तानको आन्तरिक मामिलासम्बन्धी (गृह) मन्त्रालयले गर्यो।
तर नेपाल सरकारले भने १२ जना नेपालीको मात्रै नाम र ठेगाना सार्वजनिक गर्यो। परराष्ट्र मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भरतराज पौडेलले दुई जना विदेशी हुनसक्ने बताए।
को थिए त ती दुई व्यक्ति?
उनीहरु भारतीय थिए। अफगानिस्तानका लागि क्यानाडाका राजदूत डेबोरा ए लियोन्सले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै मारिने १२ र घाइते ६ जना नेपाली रहेको बताएका छन्। उनले मारिने दुई जना भारतीय नागरिक रहेको बताएका छन्।
क्यानाडेली दूतावासमा जाँदै गरेका सुरक्षा गार्ड चढेको बसमा आक्रमण भएको थियो। राजदूतले आजको घटनामा मारिने मध्ये धेरै जना कयौँ वर्षदेखि दूतावासमा कार्यरत रहेको बताएका छन्।
मारिने दुई जना भारतीय नागरिक रहेको सोमबार राति बल्ल खुलेको हो। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वटा ट्विट गर्दै घटनाको निन्दा गर्दै नेपाल र नेपालीलाई श्रद्धाञ्जलि सन्देश दिएका थिए। उनलाई आफ्नै देशका नागरिक मारिएको भने थाहा थिएन।
सम्बन्धित समाचार
काबुल आक्रमणको मोदीले गरे निन्दा, भन्छन्- 'नेपाल सरकारलाई सहयोग गर्न तयार छौँ'
अफगानिस्तानको विज्ञप्ति
यी हुन् ज्यान गुमाउने नेपाली
- चन्द्र बहादुर रानामगर–काठमाडौँ
- अमृतबहादुर थापा– लमजुङ
- डम्बरबहादुर तामाङ–नुवाकोट
- कृष्णबहादुर ढुंगाना–चितवन
- सुकबहादुर गुरुङ–स्याङजा
- जितेन्द्रसिंह थापा– बुटवल
- मधुसुदन कोइराला– नुवाकोट
- वीरबहादुर सुवेदी क्षेत्री– काठमाडौँ
- लीलबहादुर गुरुङ–नुवाकोट
- नविनबहादुर क्षेत्री– पर्वत
- अंकुर तामाङ–सुनसरी
- हरिबहादुर बरुवाल क्षेत्री– काठमाडौँ
यी हुन् घाइते नेपाली
- प्रेमबहादुर क्षेत्री–मोरङ
- चेतप्रसाद शेरचन–म्याग्दी
- कुमारबहादुर गुरुङ–गोरखा
- मानबहादुर थापा– चितवन
- कृष्णबहादुर देउजा–चितवन
- अमृत रोकाया क्षेत्री–सुर्खेत
- च्याङबा तामाङ– नुवाकोट