काठमाडौँ : कृषिमन्त्री हरिबोज गजुरेलले यस पटक गमलामा धान रोपेर असार १५ को धान दिवस मनाएका छन्।
बिहानै दौरासुरुवाल र कोट लगाएर राष्ट्रिय कृषि अनुसन्धान परिषद् पुगेका मन्त्री गजुरेलले गमलामा धान रोपेसँगै देशमा कृषिलाई निर्वाहमुखीबाट व्यवसायीकरण गर्न आधुनिकिकरणमा जोड दिनुपर्ने बताए।
छेउमै उनलाई सघाउन एक महिला कर्मचारी मन्त्रीलाई गमलामा धान रोप्नका लागि बिउ समाएर बसेका थिए भने नजिकै अर्का पुरुष कर्मचारी चाहिँ करुवामा पानी हाल्न तम्तयार भएर बसेका थिए।
अघिल्लो वर्ष तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले धान रोप्ने क्रममा नै नै महिलामाथि दुर्व्यवहार गरेपछि मन्त्री पद नै गुमाउनुपरेको थियो।