PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रेमिका लगाएर अपहरण गरेको अभियोगमा 'गुन्डा नाइके' पक्राउ



प्रेमिका लगाएर अपहरण गरेको अभियोगमा 'गुन्डा नाइके' पक्राउ

काठमाडौं :  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का एक कर्मचारीको अपहरण गरी फिरौती असुलेको अभियोगमा गुन्डा नाइके अभिषेक गिरी पक्राउ परेका छन्।
 
आफ्नै प्रेमिकाको प्रयोग गरी अच्युतप्रसाद रेग्मीलाई अपहरण गरी १० लाख फिरौती असुलेको अभियोगमा गिरी र उनका सहयोगीलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।
 
गिरी ३ दिन अगाडि पक्राउ परे पनि ललितपुर प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेको हो। ललितपुर परिसरका प्रहरीका अनुसार गिरीले आफ्नी प्रेमिका कवितादेवी शाक्यलाई शारदा सिलवाल बनाएर रेग्मीलाई ललितपुरको सानेपा हाइटमा बोलाएर अपहरण गरेका थिए।
 
साउन १४ गते उनलाई कोठामा बन्धक बनाएर गिरीले १ लाख नगद र ९ लाखको कागज गरिएको प्रहरीले जानकारी दिएको छ।
 
प्रहरीका अनुसार सो दिन रेग्मीलाई मोबाइलमा कल गरेर सानेपा हाइटमा बोलाएर एक घरमा लगेकी थिइन्। सो घरको कोठामा बसेका गिरीसहित राजु श्रेष्ठ समेतले उनलाई बन्धक बनाएर नाङ्गो बनाएर शारदासँग अंगालो मारेको तस्विर समेत खिचेका थिए।
 
एक लाख नगद र ९ लाखको कागज गरेर अपहरणमुक्त भएका रेग्मीले घटनाबारे ललितपुर प्रहरीमा जाहेरी दिएपछि महानगरीय प्रहरी अपराध शाखा ललितपुर र ललितपुर परिसरको संयुक्त टोलीले अपहरणमा संलग्न समूहलाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell