PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

​‘आउटगोइङ’ ओलीलाई ‘पिएम इन वेटिङ’ प्रचण्डको पाँच जवाफ



​‘आउटगोइङ’ ओलीलाई ‘पिएम इन वेटिङ’ प्रचण्डको पाँच जवाफ

काठमाडौँ :  व्यवस्थापिका संसदमा आज प्रधानमन्त्री निर्वाचनका क्रममा आउटगोइङ पिएम केपी ओली र पिएम इन वेटिङ प्रचण्डबीच दोहोरी नै चल्यो। 

अविश्वास प्रस्ताव राख्ने क्रममा प्रचण्डले उठाएका विषयलाई राजीनामाको घोषणा गर्नुअघि ओलीले संसदको रोष्ट्रमबाट जवाफ दिँदै केही प्रश्न राखेका थिए। ती प्रश्नको जवाफ प्रचण्डले रोष्ट्रमबाटै फर्काएका छन्। 

प्रचण्डले ओलीको प्रश्नको जवाफ प्रश्नोत्तर शैलिमा नै दिएका थिए।  


१.प्रधानमन्त्री ओली– बजेट र विकास निर्माणका काम के गर्नुहुन्छ?
प्रचण्ड : प्रधानमन्त्री केपी शर्मा ओली जी, तपाईँले केहि दिन अघि व्यवस्थापिक संसदबाट नै अहिलेको सरकारले चालेको विकास निर्माण के हुन्छ भन्दै तिखो रुपमा प्रश्न तेर्स्याउनुभएको थियो? तपाईँ ढुक्क हुनुहोस्, बजेटको कुरा, सडक, विकास निर्माण र चीनसँगको सम्झौता म प्रधानमन्त्री भए भने कार्यान्वयन गर्छु। सम्माननीय प्रधानमन्त्री जी, यी सबै योजना तपाईँले मात्र अघि सारेको होइन। यो धेरै पहिलेको सरकारले नै अघि बढाएको हो। यो सरकार र आउने सरकारले अघि बढाउँछ। मेरो प्रतिवद्धता छ। 

२. प्रधानमन्त्री ओली–फास्ट्रयाक के हुन्छ? हुलाकी मार्ग के हुन्छ? 
प्रचण्ड–गर्छौ हामी। तपाईँ साथ दिनुहोस् हामी अघि बढाउँछौँ। त्यो योजनामा हाम्रो पनि स्वामित्व छ। हुलाकी मार्गको परिकल्पना कहिले गरेको, सरकारले कति बनायो, कति बजेट छुटायो? म प्रधानमन्त्री भए अघि बढाउने छु।

३. प्रधानमन्त्री–  केरुङ-पोखरा-काठमाडौँ, लुम्विनी रेलमार्ग के हुन्छ ?
प्रचण्ड–यो रेलमार्ग कुन पैसाले बन्छ? सरकारको कि विदेशीको? ऋणले कि आफ्नै पैसाले? म पहिलो पटक प्रधानमन्त्री बनेर चीनमा गएको बेला नै चिनिया कम्युनिष्ट पार्टीका नेता बीच नेपाललाई रेलमार्गले जोड्ने विषयमा कुरा गरेको थिएँ। ठोस रुपमा कुन स्रोतबाट पैसा उठाएर बनाउने हो? प्रधानमन्त्री जी जनताको हितमा भएका योजनामा कुनै राजनीति हुँदैन। सोत देखाउनुहोस्, प्रधानमन्त्री जी म त्यसरी नै बनाउँछु। प्रधानमन्त्री जी सरल भाषा भन्नुहोस्, तपाईँले जसरी भन्नुहुन्छ, म त्यसरी नै बनाउँछु। ऋणले भए ऋणले, अनुदानले भए अनुदानले।  

४.प्रधानमन्त्री–जिल्लाका, विकासका कुरा के गर्ने ?
प्रचण्ड–अहिलेको सरकारले कुन जिल्लामा कति बजेट छुट्याएको छ? यदि बजेट विनियोजन भएको छ भने जिल्लामा काम रोकिँदैन। म प्रधानमन्त्री भए जहाँ बजेट छुट्टिएएको छ, हुबहु काम हुनेछ। बजेट नछुट्टिएका र सपना मात्र बाँडिएको छ भने ती सपना जनताको लागि आकर्षण हुनसक्छ। तपाईले ग्यासका पाइपलाइनका कुरा गरेपनि, पानी जहाजका कुरा गरे पनि, आकासका तारा झार्ने कुरा गरे पनि, ती सपनाका सपना नै हुन्छ। 

५. प्रधानमन्त्री – दुई वर्षमा ऊर्जामा आत्मनिर्भर, पूर्वाधार विकास, निजगढ विमानस्थल, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, ज्येष्ठ नागरिकको सामाजिक सुविधा के गर्नुहुन्छ?
प्रचण्ड– प्रधानमन्त्री ज्यु, आज नेपालको बजेटमा उल्लेख भएका, विनियोजन भएका, तपाईँले उल्लेख गरेका सबै कार्यक्रम कार्यन्वयन हुनेछन्। बजेट नभएका ठाउँमा बजेट लगेर अझ जनमुखी बनाउने प्रयत्न गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell