PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

पोखराको चिप्लेढुंगामा जमिन भासियो, दुई घर जोखिममा



पोखरा : पोखराको मुख्य बजार चिप्लेढुङा पन्थिगल्लीस्थित सर्वेश्वरमार्गमा जमिन भासिँदा दुई घर जोखिममा परेका छन्। 

गत रातभरी परेको अविरल वर्षाका कारण बाटोको पानी घरको जगभित्र छिर्दा राधाकृष्ण रौनियारको घरका दुवै सटर झरेका छन् भने प्रेम अधिकारीको चारतल्ले घरसमेत जोखिममा परेको छ। 

दिनभरी ब्यापार गरेको राति घर गएको र बिहान पसल रहेको सटर भासिएको सुन्दा आफू अचम्ममा परेको कस्मेटिक पसल सञ्चालक ध्रुवशरण पराजुली बताउँछन्। 

पोखराको विन्ध्यवासिनी घरभई व्यापार गर्दैै आएका उनी भन्छन्, पोखरामा केही दिन यता अत्यधिक वर्षा भएको कारण सडकमा ढलको व्यवस्था नहुँदा जमिन भित्र पानी छिरेर भासिएको हुन सक्दछ। 

उक्त भासिएको स्थानको पोखरा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको टोलीले स्थलगत निरीक्षण गरी भासिएको भ्वाङ स्थानीय पहलमा पुरेपछि बाटो सुचारु गरिएको जिल्ला प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell