PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​एमाले नेताको एउटा ट्विट जुन उनले डिलिट गर्दा पनि सुख पाएनन् : प्रहरीमा उजुरी, दर्ता अस्वीकार



​एमाले नेताको एउटा ट्विट जुन उनले डिलिट गर्दा पनि सुख पाएनन् : प्रहरीमा उजुरी, दर्ता अस्वीकार

काठमाडौं : एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान १० नबज्दै एउटा ट्विट गरे। केही समयमै त्यो ट्विट डढेलोसरह सल्कँदै गयो। धेरै ठाउँबाट तीव्र आलोचना भएपछि उनले ट्विट गरेको केही घण्टामा त्यसलाई डिलिट गरे। 

तर सल्किसकेको थियो आगो। अब त्यही ट्विटको स्क्रिनसट भाइरल हुन थाल्यो। 



आलोचना बढ्दै गएपछि उनले आफ्नो ट्विटको गलत अर्थ लगाइएकोले डिलिट गरेको भन्दै राति अर्को ट्विट गरे। तर पनि उनको आलोचनाको क्रम भने रोकिएन। 
 

प्रहरीमा जाहेरी, दर्ता अस्वीकार

बुधबार बिहान समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले महानगरीय प्रहरी परिसर टेकुमा साइबर क्राइमअन्तर्गत एमाले नेता पोखरेलविरुद्ध जाहेरी दिए। विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार जाहेरी दर्ता गर्न सुवेदी नेतृत्वको टोली टेकु पुगेको थियो।

तर प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरे। ‘शंकर पोखरेल विरुद्धको जाहेरी दर्ता गर्न प्रहरीले सीधै अस्वीकार गर्यो’– जाहेरी दर्ता गर्न टेकु पुगेका युवा फोरमका उपमहासचिव सुवेदीले भने,– ‘हामी पुग्नु अघिदेखि नै प्रहरी दबाबमा देखिन्थ्यो सायद उहाँहरुमाथि राजनीतिक प्रेसर हुनुपर्छ।’

अदालत जाने

जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि परमादेशका लागि अदालत जाने उजूरीकर्ता दुर्गामणि सुवेदीले बताएका छन्। ‘न्यायका लागि अदालतको ढोका जहिले नि खुल्ला हुन्छ, परमादेशका लागि अब हामी अदालत जान्छौं’– सुवेदीले भने। अदालतको परमादेशपछि जाहेरी दर्ता गर्न प्रहरी बाध्य हुने उनले बताए।
 

आज विरोध प्रदर्शन

यसैबीच आज दिउँसो ३ बजे माइतीघरमण्डलामा नेता पोखरेलको विरोधमा प्रदर्शन गर्ने तयारी भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell