PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

विनोद चौधरीले नरेन्द्र मोदीलाई दिए छोराको बिहेको निम्तो



विनोद चौधरीले नरेन्द्र मोदीलाई दिए छोराको बिहेको निम्तो

काठमाडौं : नेपाली उद्योगपति विनोद चौधरीले छोरा राहुलको बिहेमा आउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरेका छन्। मोदीलाई दुई छोराहरु राहुल निर्वाण र राहुलसँगै भेटेर उनले निम्ता दिएका हुन्।

माइक्रो ब्लगिङ साइट ट्विटबाट भेटको जानकारी दिँदै चौधरीले लेखेका छन् : राहुलको अर्को साता हुन लागेको बिहेको सिलसिलामा निर्वाण र राहुलसँगै प्रधानमन्त्री मोदीजीसँग भेट हुँदा खुसी लागेको छ। उनले भेटको तस्बिरसमेत सार्वजनिक गरेका छन्।


बिहेको निम्तो दिन पुगेका चौधरीले नेपालको राजनीतिक अवस्था र आर्थिक वातावरणबारेसमेत छलफल भएको जनाएका छन्। भारतीय प्रधानमन्त्रीको सरकारी निवास सेभेन रेस कोर्समा भएको भेटमा मोदीले विवाहको तयारीमा रहेका राहुल चौधरीलाई बधाइ तथा शुभकामना दिएको चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
  विश्वप्रसिद्ध पत्रिका फोब्सले चौधरीलाई अमेरिकी डलरमा अर्बपति हुनेहरुको सूचीमा समावेश गर्दै आएको छ। उनी नेपालबाट यो सूचीमा पर्ने एकमात्र हुन्।
 

आर्थिक विषयमा पनि छलफल

मोदीसँगको भेटमा नेपालको आर्थिक विकासका लागि नेपाल भारत र चीनबीच त्रिदेशीय सहकार्य हुनुपर्नेमा चौधरीले ध्यानाकर्षण गराएका थिए।

नेपालको अपार जलस्रोतको उपयोगका लागि तीन देशबीच निकट भविष्यमै सहकार्यको खाँचो रहेको धारणा चौधरीले राखेको विज्ञप्तिमा उल्लेख छ।

‘नेपालका मेगा हाइड्रो प्रोजेक्टहरुको विकासका लागि नेपाल, भारत र चीनबीच सहकार्य हुनुपर्छ भन्ने मेरो मान्यता छ। नेपाललाई आर्थिक विकासको तीब्र गतिमा अगाडि बढाउन तीन देशबीच सहकार्यको वातावरण सकेसम्म चाँडो तयार हुनुपर्छ भन्ने धारणा भारतीय प्रधानमन्त्री समक्ष राखेको हु,’ चौधरीले भने। 

यसअघि भारतीय प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पनि चौधरी र मोदीबीच भेट भएको थियो। भारतीय प्रधानमन्त्री मोदीको धर्मपुत्र जीतबहादुर सारु मगरको परिवारसँग पुर्नमिलन गराउन चौधरीले मोदीलाई सहयोग गरेका थिए। गुजरातको मुख्यमन्त्री रहेकै बेलादेखि मोदी र चौधरीको सम्बन्ध रहेको चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell