PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

ओलीले भने- मेरो बोली अप्ठेरो पर्दा बदर हुने भारु जस्तो हैन



ओलीले भने- मेरो बोली अप्ठेरो पर्दा बदर हुने भारु जस्तो हैन

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो बोलीप्रति आफू जवाफदेही रहेको बताएका छन्। राजधानीमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'मेरो बोली अप्ठेरो पर्दा बदर हुने भारु जस्तो हैन।'

कार्यक्रममा उनले व्यक्त गरेका  कुरा

१) नेपालीको रगत सेलायो र नाडी चल्न छोडेको हो भनेर कसैले परीक्षण गर्न खोजेको छ। राष्ट्रियता र स्वाधिनताको लागि सबै युवा तयार हुनुपर्छ।  

२) नेपालविरुद्ध कित्ता कित्तामा षड्यन्त्र भइरहेको छ।  मधेशवादी दलको मेरो मुद्दा, मेरो तराईको मुद्दा र मेरो मुद्दा भन्ने नीति गलत हो। मधेशी दलको माग राष्ट्रहितको पक्षमा छैन। 

३) १. संविधान संशोधान किन, कसको लागि, केमा गर्ने भन्ने बिषयमा स्पष्ट नभई देशलाई विखण्डनतर्फ लैजान बखेडा भइरहेको छ।
 
४) अहिलेको सरकारले निर्वाचन गराउन कुनै काम गरेको छैन। निर्वाचनको लागि आवश्यक कानुनको संशोधन, कानुन निर्माण, आयोग गठन लगायत बिषयमा छलफल गर्नभन्दा  औचित्यहिन संविधान संशोधनमा अल्झिएर बसेको छ।
 
५) सबैभन्दा ठूलो राजनीतिक दलले नै  आफूले ल्याउन लागेको  रेल र पानीजहाज ल्याउने विषयलाई मजाक बनाएको थियो। कागजको जहाज र केटाकेटीले खेलाउने रेल गुडाएर मेरो मजाक बनाइयो।


गत जेठमा रत्नपार्कमा नेविसंघले गरेको प्रदर्शन।

६) सत्ता, पैसा, कुर्सी र आफ्ना केही मान्छेलाई जागिर लगाउने खेलमा लाग्दा देशको विकास हुन नसकेको हो। अहिलेको सरकार समेत यही खेलमा लागेकाले विकास निर्माण ओझेलमा परेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell