PahiloPost

Aug 23, 2024 | ७ भदौ २०८१

​विवाहमा गएकी युवतीलाई सामूहिक बलात्कार



​विवाहमा गएकी युवतीलाई सामूहिक बलात्कार

कञ्चनपुर : पुनर्वास नगरपालिकामा विवाहमा गएकी एक युवतीको सामूहिक बलात्कार भएको छ। पुनर्वास नगरपालिका वडा नम्बर ५ की २० वर्षीया एक युवतीको गएराति सामूहिक बलात्कार भएको हो। 

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरबहादुर खड्काका अनुसार हिजो राति स्थानीयबासीको विवाह चलिरहेका बेला सात/आठजना युवकको समूहले ती युवतीलाई नजिकैको उखुबारीमा लगेर सामूहिक बलात्कार गरेका हुन्। 

पीडित युवतीको अचेत अवस्थामा कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बलात्कारमा संलग्न मुख्य अभियुक्त गोविन्द रानासहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। 

हिजोराति घटना घटेको भए पनि प्रहरीले आज बिहान मात्रै थाहा पाएको थियो। घटनास्थल उखुबारीमा धेरै उखु भाँचिएकाले बलात्कारमा धेरै मानिस संलग्न हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको बारे प्रहरी अनुसन्धान जारी छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell