PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​अख्तियारले रोक्यो गणेश थापा विरुद्धको 'आर्थिक अनियमिता'को अनुसन्धान



​अख्तियारले रोक्यो गणेश थापा विरुद्धको 'आर्थिक अनियमिता'को अनुसन्धान

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष गणेश थापा विरुद्धको 'आर्थिक अनियमितता'को उजुरीको अनुसन्धान रोकेको छ।

अख्तियारले थापा विरुद्धको मुद्दामा थप प्रमाण फेला नपरेसम्म अनुसन्धान अगाडि नबढाउने निर्णय गरेको हो।

'सो सम्बन्धमा आयोगबाट अहिलेलाई तामेलीमा राख्ने निर्णय भएको छ। थप प्रमाण फेला परेको अवस्थामा थप अनुसन्धान हुन सक्छ,' अख्तियारका प्रवक्ता बेगेन्द्रराज शर्मा पौड्यालले भने।

संसदको सार्वजनिक लेखा समितिले थापाले एन्फा अध्यक्ष रहँदा आर्थिक अनियमितता गरेको भन्दै छानविन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो। समितिको निर्देशन लगत्तै थापाले एन्फा अध्यक्षको पद छाडेका थिए। 
 

लेखा समितिले के के मा ठहर गरेको थियो अनियमितता

करोडौँ भ्रष्टाचार भएको उजुरीका अाधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै अनियमितताबारे थप अनुसन्धान गरी दुई महिनाभित्र कारबाही अगाडि बढाउन निर्देशन दिएको छ। समितिले १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको छ। थप अनुसन्धान र छानबिन गर्न समितिले उठाएका विषय-
  • गणेश थापाका छोरा गौरव थापाले एएफसी अध्यक्षबाट लिएको एक लाख डलर
  • गोल प्रोजेक्टका लागि प्राप्त १७ करोड ४८ लाख ७० हजार रकम
  • नगरपालिकाहरुबाट प्राप्त २० प्रतिशत रकम बापतको ६४ करोड ६७ लाख अडिट नगराएको विषय
  • एएफसीबाट प्रशिक्षकहरुका लागि आएको रकम अडिट नगराएको
  • खेलाडी कल्याण कोषको ४० लाख र त्यसको आम्दानी र खर्च
  • साथी भन्ने संस्थालाई बिना निर्णय विगत ६ वर्षदेखि २ हजार ५ सय डलर दिएको
  • गेट टिकटको रकम लेखापरीक्षणमा नदेखिएको र टिकट बिक्री वापतकाे रकम आयमा समावेश नभएको
  • भवन निर्माण लगयतका सार्वजनिक खरीदसँग सम्बन्धित खरीद ऐन कानून पालना नपाएको
  • सरकारबाट उत्कृष्ट खेलाडी पुरस्कार वापत प्राप्त रकमको हिसाब किताब नराखेको
  • एन्फाको नाममा विभिन्न आर्थिक वर्षहरुमा प्राप्त बैङ्क ब्याज वापतका रकमहरु
  • विदेशी प्रशिक्षकहरुको पारिश्रमिक भुक्तानीमा अग्रिम कर कट्टी नगरेको र नेपालीहरुको पनि टिडीएस गरी राजस्व दाखिला नगरेको, बिना भ्याट, पान बिल सामान खरीद गरेको
  • पेश्की फछ्यौट नगरी थप पेश्की दिएको
  • विभिन्न निकायमा पेश गरिएको एउटै विषयका फरक प्रतिवेदनहरु
  • अपार्टमेन्ट खरीद गरी रकम भुक्तानी नगरेका विषयहरु
  • एन्फाको संगठन सञ्चालन, आर्थिक कारोवार, निर्माण लगायतका खरीद कार्य, जनशक्ति ब्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरुको पारिश्रमिक आदि सम्बन्धमा नियम र प्रक्रियाहरुको पालना नभएको
लेखा समितिले थापाले आर्थिक अनियमितताको उजुरीमा उनको अध्यक्षको पद स्थगन गर्ने निर्णय गरेको थियो। राप्रपा नेपालको असन्तुष्टिबीच लेखा समिति सभापति जनार्दन शर्माले प्रस्ताव राखेका थिए। सभापतिको प्रस्तावमा कांग्रेस, एमाले लगायतका साना दलका सभासद्ले समर्थन गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell