सूचना : यो समाचारमा भएका सामाग्री विचलित पार्न सक्ने भएकोले पढ्नुअघि पाठकलाई सचेत गराइन्छ
टर्कीको राजधानी अङ्कारास्थित एउटा आर्ट ग्यालेरीमा स्थानीय समय अनुसार सोमबार राति एउटा नसोचेको घटना भयो। आर्ट ग्यालेरीको कार्यक्रममा पुगेका थिए रुसी राजदूत एन्ड्रेइ कार्लोभ। ६२ वर्षीय कार्लोभ सम्बोधन गरिरहेका थिए। भिडियो क्यामेराले पनि दृश्य खिचिरहेकै थियो।
अचानक गोली चल्छ। छातीमा लागेर राजदूत ढल्छन्। क्यामेराको फ्रेम एकछिन हल्लन्छ। त्यसमा देखिन्छन् टाइसुट लगाएका एक २२ वर्षका युवक। अल्लाहो अकबर भन्दै हामी एलेप्पोमा मर्यौँ, तिमी यहाँ मर आफ्नै भाषामा भन्छन्।
बन्दूक उसले अरुतिर पनि ताक्छ। ग्यालेरीका अरु तीन जना पनि घाइते हुन्छन्।
प्रहरीसँगको भिडन्तमा पछि यी २२ वर्षीय मेभलुट मर्ट एल्टिन्टासको पनि मृत्यु हुन्छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हत्यालाई रुस र टर्कीको सम्बन्ध बिगार्ने लक्ष्यका साथ गरिएको आक्रमण बताएका छन्।
हेर्नुस् भिडियो-