काठमाडौं : धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको लागि गरिएको खेलाडी अक्सनमा सागर पुन, सोमपाल कामी, करण केसी र मेहबुब आलम सबैभन्दा महँगा खेलाडी बनेका छन्। यी चार खेलाडीलाई डिपिएल खेल्ने टीमले समान १ लाखमा किनेका हुन्। सागरलाई कञ्चनपुर आइकोनिक, सोमपाललाई काडमाडौँ गोल्डेन्स, करण र मेहबुबलाई सिवाइसी अत्तरियाले आफ्नो टीममा राखेको हो।
६ वटा फ्रेन्चाइज टीमले १५/१५ खेलाडी राख्न पाउने नियम अनुसार कप्तान बाहेकका १४ खेलाडी अक्सन मार्फत किनिएका हुन्।
शनिबार काठमाडौंको याक एण्ड यती होटलमा भएको अक्सनमा चार भिन्न समूहका गरी कूल २१७ खेलाडीको नाम समावेश थियो। यसमा कप्तानलाई समावेश गरिएको थिएन। यसअघि ६ टीमसँगै ६ कप्तानको घोषणा भइसकेको थियो भने हरेक कप्तानलाई १ लाख ५० हजारमा आफ्नो टीममा राखेका थिए। यस्तै अभिनेत्री ऋचा शर्मालाई डिपिएलको ब्रान्ड एम्बासडर बनाइएको छ।
अक्सनमा समूह ए मा १४, समूह बी मा ३२, समूह सी मा ४० र समूह सी एक सय २१ खेलाडी थिए। जसमधये ६ टीमले समूह सी मा रहेका अनक्याप्ड खेलाडीहरुबाट ४ खेलाडी आफ्नो टीममा राख्नैपर्ने नियम थियो र त्यसै अनुसार नै अक्सनबाट टीमहरुले खेलाडी किनेका हुन्।
कसलाई कसले किन्यो?
नरेश बुढाएरलाई कान्तिपुर गोल्डेन्सले ९५ हजारमा किनेको छ भने प्रदीप ऐरीलाई सिवाइसी अत्तरियाले तथा पृथु बास्कोटालाई टीम चौराह धनगढीले समान ९० हजारमा किनेको छ।
नेपाली युवा स्पिनर सन्दीप लामिछाने विराटनगर किङ्सले ६० हजार मात्र खर्चेर आफ्नो टीममा भित्र्याएको छ।
समूह ए मा रहेको १४ खेलाडीमध्ये महेश क्षेत्री र परेश लोहनीलाई भने कुनै पनि टीमले किनेनन्। यस्तै समूह ए मै रहेका चन्द्र साउदलाई पनि सुरुमा कसैले नकिनेपछि पुनः गरिएको अक्सनमार्फत कञ्चनपुर आइकोनले ५० हजारमा किनेको हो। यस्तै योर्कर स्पेसलिस्ट जितेन्द्र मुखियालाई पनि पुन अक्सनमार्फत विराटनगरले किनेको हो।
यज्ञमान कुमाल इर्शाद अहेमद, दिपेश खत्री, सन्नी पुन, राजविर सिंह, रुपेश श्रीवास्तव, फैजुल खान, दिपेश श्रेष्ठ जस्ता खेलाडीलाई पनि कसैले किनेनन्।
६ टीममा रहेका खेलाडी
टीम चौराह धनगढी : पारस खड्का कप्तान, दीपेन्द्र थापा, रसिद खान, अमरसिंह राउटेला, प्रकाश जंग कार्की, ललित राजवंशी, अनिल मण्डल, शौरभ खनाल, प्रेम तामाङ, पृथु बास्कोटा, राजु रिजाल, आरिफ शेख, सुशन भारी, आदि खान, रामनरेश गिरीसिवाइसी अत्तरिया : ज्ञानेन्द्र मल्ल कप्तान, रोसन नेपाली, ज्ञानेन्द्र कुँवर, योगेश भट्ट, अभिनास बोहरा, दीलिप नाथ, प्रदिप ऐरी, शसी केशरी, मेहवुव आलम, योगेन्द्र सिंह कार्की, सन्दीप सुनार, करण केसी, सुरेन्द्र चन्द, भुवन केसी, विनोद लामा
कान्तिपुर गोल्डेन्स : वसन्त रेग्मी कप्तान, सन्दी जोहरा, आँशु कन्डाई, हरिकृष्ण झा, दिनेश अग्री, जितेन्द्रसिंह ठकुरी, सन्तोष भट्ट, सुमित महर्जन, भुवन कार्की, रोहित कुमार पौड्येल, नरेश बुढाएर, नन्नद यादव, मन्जित श्रेष्ठ, सुवेन्दु पाण्डे, सोमपाल कामी
कञ्चनपुर आइकोन : विनोद भण्डारी कप्तान, रमेश भट्ट, अनिल कुमार थापा, सोनु तामाङ, निरज चन्द, सागर पुन, कमल सिंह ऐरी, कुशल भुर्तेल, अभिनास कर्ण, भीम सार्की, सुनिल धमला, सिद्धान्त लोहनी, ललितसिंह भण्डारी, हासिम अन्सारी, चन्द्र साउद
विराटनगर किङ्स
शरद भेषावकर कप्तान, आकाश थापा, प्रफुल्ल वैद्य, राकेश कर्ण, किशोर महतो, सुशील कँडेल, दीपेन्द्र सिंह ऐरी, पवन सराफ, प्रकाश विष्ट, मोहम्मद आसिफ शेख, प्रनित थापा, अमित श्रेष्ठ, अनिलकुमार शाह, सन्दीप लामिछाने, जितेन्द्र मुखिया
रुपन्देही च्यालेन्जर्स
शक्ति गौचन कप्तान, गणेश गौडेल, शहाव आलम, विक्रमकुमार भुसाल, दुर्गेश थापा, सुवास खकुरेल, प्रकाश केसी, कृष्ण कार्की, नुरध्वज शेन, राजेश पुलामी मगर, शंकर राना, विक्रम सोब, हरिशंकर शाह, पुष्प थापा, अन्तिम थापा।