PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्याङ्करको ठक्करबाट तीनकुनेमा महिलाको मृत्यु



ट्याङ्करको ठक्करबाट तीनकुनेमा महिलाको मृत्यु

काठमाडौं : इन्धन बोकेको ट्याङ्करको ठक्करबाट तीनकुनेमा काभ्रेकी हिरा लामाको ज्यान गएको छ। मोटरसाइकलको पछाडि बसेकी लामाको घटनास्थलमै मृत्यु भएको हो।

कोटेश्वरबाट बागबजार तर्फ जाँदै बा ५२ प ५८२४ नंम्बरको होण्डा साइन बाइकलाई ना २ ख २७३५ नंम्बरको ट्याङ्करले ठक्कर दिएको हो। फराकिलो र ठूलो सडकमा ट्याङ्कर अत्यधिक गतिमा रहेकाले दुर्घटना भएको हो।

ठक्करबाट मोटरसाइकल चालक काभ्रेका गणेश लामा घाइते भएका छन्।






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell