१९६३ मा वाँग छि भारतमा समातिए, तबदेखि उनी त्यहाँ फसिरहेका छन्। उनले भारतीय युवतीसँग बिहे गरे, छोराछोरी हुँदै नाती नातिनासम्म भए तर अहिले पनि उनको मन त्यही चीनमा छ, जहाँ जान उनी ५४ वर्षदेखि संघर्ष गरिरहेका छन्। बिबिसी हिन्दीका लागि विनित खरेले तयार पारेको स्पेशल रिपोर्टको अनुवाद।
मेरो नाम वाँग छि हो। म अहिले ७७ वर्षको भएँ। म चीनको सियानयाङ्ग सहरमा जन्मिएको हुँ। तर मैले ५४ वर्ष भारतमा बिताएँ। अब म कहाँको भएँ? म मर्नुभन्दा अघि एकचोटी चीन जान चाहन्छु। प्रधानमन्त्रीलाई चिट्ठी लेख्नेदेखि लिएर अदालतको ढोका धाउनेसम्मको काम मैले गरेँ। तर फाइदा केही भएन।
मेरो कहानी कुनै उपन्यास अथवा फिल्मभन्दा कम छैन। जसरी मेरो उमेर बितेर जाँदैछ मलाई चीनमा बिताएको आफ्नो बाल्यकाल धेरै नै याद आउँछ। तर त्यो पनि मधुरो।

चीनमा बाल्यकाल, भारतमा जवानी

म एउटा गरिब परिवारमा जन्मेँ। मेरा पिता किसान थिए। हाम्रो परिवार अहिलेको चिनियाँ परिवारको जस्तो सानो थिएन। हामी पाँच भाइ थियौं र हाम्री दुई वटी बहिनी थिए। म आफ्नो आमा-बुवाको माइलो छोरा थिएँ।
चीनमा बिताएको आफ्नो बाल्यकाललाई म बिस्तारै बिर्सिँदै गएको छु। यो तस्बिर १९५९ को हो। त्यति बेला म सान्सी प्रान्तीय सरकारको खेलकूद विभागमा काम गर्दथे। मसँग एक स्थानीय कर्मचारीकी छोरी छिन्। तिनको नाम मलाई अहिले सम्झना छैन। मैले गाडी चलाउन सिकेको त्यही समय हो।

मैले अत्यन्तै मेहनत गरेर टेक्निकल ट्रेनिङ गरे र १९६० मा चिनियाँ सेनामा भर्ना भएँ। सेनाको वर्दी लगाएर म ज्यादै खुसी भएँ। यो तस्बिर त्यसै बेला खिचिएको हो। जब म सेनामा भर्ती भएँ त्यसै बेला मेरा पिताको देहान्त भयो। तर घरका मान्छेले मलाई गाह्रो हुन्छ भनेर यो कुरा बताएनन्। परिवारबाट टाढा रहनु मलाई निकै खल्लो लाग्थ्यो तर मलाई समयक्रममा सधैँ परिवारबाट टाढा रहन रहेछ।
१९६३ जनवरी महिनाको कुरा हो। मेरो भाग्य सधैँको लागि अकस्मात् बदलियो। मैले बाटो बिराएँ। पहाड जङ्गल हुँदै म भारतको तवाङ्ग क्षेत्रमा पुगे। जुन अरूणाचञ्ल प्रदेशमा पर्दछ। त्यहाँ भारतीय रेडक्रसको जीप भेटियो। उनीहरुले मलाई भारतीय सेनामा लगेर सुम्पिदिए। भारतीय अधिकारीले मलाई गैरकानुनी ढङ्गले भारत प्रवेश गरेको भनेर आरोप लगाए।

जेल र नयाँ जीवन

मैले सेनामा भर्ती भएको दुई वर्षभित्रै अक्टुवर १९६२ मा भारत र चीनका बीचमा लडाइँ सुरू भयो। म सिमानामा तैनाथ थिएँ। पक्रिएपछि मलाई युद्धबन्दी बनाइयो। मलाई सुरुमा दिसापुर आर्मी क्याम्प र पछि दिल्ली पठाइयो। म तीन वर्षसम्म मेरठ र अजमेरको जेलभित्र रहेँ।
मैले त्यहाँ आफ्नो भविष्यबारे निकै सोचेँ। यसपछि मलाई पन्जावको नाभा जेलमा पठाइयो। यही देशमा मेरो वर्तमान र भविष्य बित्नेछ भन्ने मलाई थाहा थिएन। अब मैले जीवनमा के गर्ने भन्नेबारे निकै सोचेँ। यहीँ बसूँ भने मारपिट, उता जाउँ भने पनि कसरी जाउँ? यो तनाव कहिलेसम्म सहनु?
विदेशी भूमिमा भाषा पनि फरक हुनु र दुस्मन देशको सैनिक भएकाले निकै तनाव हुनसक्ने सम्भावना थियो। चन्डिगढ हाइकोर्टमा मेरो मुद्दा चल्यो र मलाई रिहा गरियो। १९६९ मा मलाई तिरोडीमा छोडियो। मलाई चीन किन फिर्ता पठाइएन, यो मैले बुझ्न सकिनँ।

मैले आफ्नो परिवारलाई नसम्झेको कुनै दिन छैन। अब यही मेरो घर हो। मैले बिस्तारै-बिस्तारै कामचलाउ हिन्दी सिकें। यतिका वर्ष बिते, चीन जानको लागि ‘एग्ज़िट भिसा’को प्रतीक्षा अझै समाप्त भएन।
ती दिनहरुमा तिरोडीको कम्पनी सडकमा मारवाडी सेठ इन्दरचन्द जैनको गहुँ पिस्ने मिल थियो। पुलिसले मलाई उनीकहाँ पठाइदियो। सेठजीले मलाई राजबहादुर नाम दिए। मैले एक हप्तामा काम सिकें।

निजिकैको एउटा झुपडीमा बस्न थाले। मेहनत र इमानदारितापूर्वक काम गर्दै गएँ। पचास किलोमिटर साइकल चलाएर बालाघाटसम्म गएँ। मैले त्यहाँ गाई पनि पालें र त्यसको दुध बेचेर गुजारा चलाएँ। मेरो खर्च धेरै हुँदैन्थ्यो, पैसा बचाएर मैले आफ्नै पसल खोलें। धेरै चोटी मेरो पुलिससित झगडा भयो। उनीहरुले मलाई बेस्सरी पिटे तर म घुस दिनको लागि तयार भइनँ।
परिवार यो पनि हो र त्यो पनि हो

म आमालाई लगातार चिट्ठी लेख्ने गर्दथे। तर ती सबै फिर्ता आउँथे। आमासम्म पुग्दैनथे। मेरो सम्झनामा आमा कति रुन्छिन् होली, यो कुरा सम्झेर मलाई निकै रुन मन लाग्दथ्यो। एयरमेलबाट पठाएको चिठ्ठी धेरै वर्षपछि आमासम्म पुग्यो। र त्यसको जवाफ पनि आयो।
जवाफमा लेखिएको थियो- 'म जिउँदै भएको खबर सुनेर आमाको आधा राेग त्यसै ठीक भएर आयो। मेरै अनुरोधमा अर्कोचोटी चिट्ठीसँगै आमाको एउटा तस्बिर पनि आयो। २००२ मा आमासित मोबाइलमा कुरा पनि भयो। आमाले भन्नुभयो- 'चाँडै घर आऊ, मर्नुभन्दा अगाडि तिमीलाई हेर्न चाहन्छु। तर मैले आमाको त्यो अन्तिम इच्छा पूरा गर्न सकिनँ। मेरो तस्बिर हेर्दा हेर्दै आमाले २००६ मा सधैँको लागि आँखा बन्द गरिन्।

म गाउँमा एक्लै बस्दथे। त्यसैले मलाई बिबाह गर्नुपर्ने दबाब बढिरहेको थियो। एक इसाइ केटी मलाई निकै राम्री लागिन्। तर हाम्रो धर्म बाधक बनेर अगाडि आयो। अन्त्यमा १९७५ मा एक महार केटी सुशीलासित जवरजस्ती मेरो बिबाह गराइयो।
यो बिबाह मेरा लागि त्यति सजिलो थिएन। न त गरिब घरकी छोरी सुशीलाको लागि नै सजिलो थियो। मान्छेहरुले उसलाई सम्झाइबुझाइ गरे। हामी एक-दोस्रोसित कुराकानी पनि गर्न सक्दैनथ्यौँ। केही महिना हामीले अप्ठ्यारोसँग बितायौँ। पछि गएर हामीलाई बानी पर्दै गयो। म चीन जाने खबर सुनेर सुशीला निकै आत्तिइन्। म चीन गएँ भने फेरि फर्केर आउँदैन भन्ने उनलाई लाग्यो।

आज म दुईवटी छोरी, छोरा, बुहारी, नाती र नातिनीसित यो ठूलो परिवारमा बस्छु। यो नै मेरो जीवनको सहारा हो। छोराले मलाई धेरै नै प्रेम गर्दछन्। दुईटै छोरी मलाई सधैँ रेखदेख गरिरहन्छन्। तर मलाई यो बूढो उमेरमा एकपल्ट चीनमा रहेको आफ्नो परिवारसित भेट गर्ने चाहना छ। म यी बच्चाहरुलाई छाडेर कहाँ जानेछु। मेरो परिवार नै यही हो।
म अहिले ७७ वर्षको भएँ र मेरा दाइ चिर्युआन ८२ वर्षका बिबीसीको सहयोगबाट मैले पहिलो चोटी आफ्नो दाइसित मोबाइलमा कुरा गरेँ। तर उनी मभन्दा तीन हजार किलोमिटर टाढा छन्। तर म उनलाई हेर्न सुन्न पाइरहेको थिएँ। बस छुनमात्रै सकेको थिएन। ५४ वर्षपछि आफ्नो दाइलाई देखें।
मैले त उनलाई चिन्न पनि सकिरहेको थिइनँ। यतिका वर्षपछि मैले चिनियाँ भाषामा कुरा गरें। यहाँ आफ्नो भाषामा कुरा गर्नको लागि कोही पनि छैन। मेरो जीउ सिरिङ्ग भएर आयो। घरिघरि रुन मन लागिरहेको थियो।
दाइ कहिले आउँछौँ भनेर बारम्बार सोधिरहेका थिए। उनी भन्दै थिए- 'तिमीसित भेट गर्नकै लागि बाँचिरहेको छु। चीनले यति धेरै प्रगति गरेको छ, तिमी देखेर छक्क पर्नेछौ। अब हाम्रो घरमा गाडी र ट्याक्टरबाट खेती हुन्छ। म चाहन्थें, उडेर नै त्यहाँ पुगूँ।

२००९ मा मेरा भतिजा भारत घुम्न आए। जसको मद्दतले मलाई चिनियाँ पासपोर्ट मिल्यो। अब मसित चीनको पासपोर्ट छ। तर अधिकारी भन्छन्- 'भारतभन्दा बाहिर जानको लागि मलाई 'एग्जिट भिसा' चाहिन्छ।
किनभने मेरो फर्किने भिसा छैन। बिबीसीले यो सन्दर्भमा गृमन्त्रालयलाई सोधेको छ। तर अहिलेसम्म जवाफ आएको छैन। बालाघाटका कलेक्टर भरत यादवले मिडियामा मेरो कहानी पढेपछि मलाई अफिसमा बोलाए। उनले कमजोरी भएको स्वीकार गरे। सबै प्रशासनिक सहयोगका लागि आशा पनि दिए। तर त्यो दिन कहिले आउनेछ र म चीन जान पाउनेछु?