PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जुरेका बाढीपीडितलाई प्रचण्डद्वारा १ लाख सहयोग



जुरेका बाढीपीडितलाई प्रचण्डद्वारा १ लाख सहयोग
सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले थुनिएको सुनकोसी अवलोकन गर्दै प्रचण्ड। फोटो: शिव खकुरेल

काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितलाई व्यक्तिगत एक लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।

उनले पार्टीको तर्फबाट बाढी पीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो अवलोकन गर्न पुगेका प्रचण्डले तलबभत्ताबाट एक लाख रुपैयाँ सहयोगको प्रतिबद्दता ब्यक्त गरेको सहयोगी शिव खकुरेलले जानकारी दिए।
 
प्रचण्ड आइतबार बिहान सभासद अग्नी सापकोटा, पार्टी कोषाध्यक्ष हरिबोल गजुरेलका साथ जुरे पुगेका थिए। पहिरो प्रभावित क्षेत्रको अवलोकनका क्रममा प्रचण्डले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका अधिकारीसँग क्षतिबारे जानाकारी लिएका थिए।

प्रचण्डले राहत केन्द्रमा पुगेर पीडितिसँग भेटवार्ता गरेको खकुरेलले बताए।
 
सरकारले प्रभावित क्षेत्रका नागरिकलाई छिट्टै पुनर्स्थापित गर्न प्रचण्डले सरकारसँग माग गरे। 

राजमार्ग खोल्नका लागि पहल गरिदिन आग्रह 

अध्यक्ष प्रचण्डले आइतवार नै बाह्रबिसेमा उद्योग वाणिज्य संघ, ट्रक व्यवसायी संघका प्रतिनिधिलाई भेटे। 

भेटमा व्यवसायीले पहिरोका कारण अबरुद् अरनिको राजमार्ग चाँडो खोल्न पहल गरिदिन आग्रह गरेका थिए। राजमार्ग चाँडो नखोले नजिँकिदै गरेको चाडपर्वको समयमा सामानको आपुर्ति सहज नहुने र मूल्य बढ्ने भन्दै व्यवसायीले प्रचण्डको ध्यानाकर्षण गराए।

प्रचण्डले प्रधानमन्त्री कोइरालालाई भेटेर कुरा राख्ने र सदनबाट दबाद दिने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell