PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

महान्यायाधिवक्ताविरुद्ध ओलीको प्रहार : भनेजस्तो इजलास भएन भनेर बहिस्कार गर्ने?



महान्यायाधिवक्ताविरुद्ध ओलीको प्रहार : भनेजस्तो इजलास भएन भनेर बहिस्कार गर्ने?
फाइल फोटो

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठको कडा आलोचना गरेका छन्। 

नेकपा (एमाले) द्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा स्वयम्सेवक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सा“स्कृतिककर्मीलगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले महान्यायाधिवक्ताले जथाभावी बोलिरहेको आरोप लगाएका हुन्। 

'जथाभावी बोलेको छ, जथाभावी सल्लाह दिएको छ, यस्तो पनि हुन्छ?', ओलीले भने। 

निर्वाचन आयोगलाई गलत सल्लाह दिएर दलको विधान सच्याउन लगाएर विवाद निम्त्याएको पनि उनले आरोप लगाए। 

'आफूले भनेको जस्तो बेन्च नभएर इजलास बहिस्कार रे', उनले भने। महान्यायाधिवक्ता श्रेष्ठले आइजी विवादमा प्रधानन्यायाधीश सुशीला कार्कीले गठन गरेको पाँच सदस्यीय बृहद् पूर्ण इजलासमा अन्तरिम आदेश दिने न्यायाधीश नै रहेको भन्दै बहस गर्न अस्वीकार गरेका थिए।
 
ओलीले महान्यायाधिवक्ताले दलको झण्डा बोकेको र पद र ओहोदाको मर्यादा नराखेको आरोप लगाए।


के भने महान्यायाधिवक्ताबारे?

अरु त अरु छाड्दिउँ महान्यायाधिवक्ताको कुर्सीमा बसेर, सरम लाग्छ एउटा उग्रपन्थी तरिकाले उग्रपन्थी व्यवहार, एउटा कुनै उग्रपन्थी पार्टीका हुल्याहा कार्यकर्ता हुन् कि महान्यायाधिवक्ता?

अदालतको पनि मर्यादा छैन। आफ्नो पद र जिम्मेवारीको पनि मर्यादा छैन। जथाभावी हरेकपल्ट बोलेको छ। अचम्म लाग्छ। 

त्यतिसाह्रो स्वतन्त्र रहने मान्छे त महान्याधिवक्ता जस्तो पदमा बस्न सुहाँउदैन। सरकारको राजनीतिक सल्लाहकार विभिन्न ढंगले गलत सुझाव दिएर निर्वाचन आयोललाई गलत सुझाव दिएको छ। सोधी खोजी नगरि अरुका विधानहरु चलाउन लगाएको छ। विवाद खडा गरेको छ। निर्वाचन नगराउनका लागि हो की? यस्ता प्रकारका गतिविधि भित्रभित्र भैराखेको छ। 

म भन्न चाहान्छु सरकारका सबै निकायहरु अंग प्रत्यंगहरु सबैले थान्कामा बसेर कानुनी राजको सिन्द्धान्त अनुसार काम गर्नुपर्छ। आफूले भनेको अनुसारको न्यायाधीश राखेर आफूले जित्ने खालको बेञ्च परेन अरे। त्यसकारण बहस नगर्ने रे संसारमा कँही यस्तो कुरा सुन्नु भएको छ। यहाँको महान्यायाधिवक्ता झण्डा लिएर अगाडि जान्छ अदालतका विरुद्ध।

यसप्रकारका गैर जिम्मेवार अभिव्यक्तिहरु। वास्तवमा यी अनिष्टको संकेत हुन्। अपरिपक्कता। के चलाउँछन् यस्ताहरुले देश? पदको ओहोदाको गरिमासम्म नराख्नेले के चलाउँछन् देश? 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell