PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सेन्ट्रल जोन भलिबल : नेपाल किर्गिस्तानसँग फेरि पराजित, फाइनल पुग्न असफल



सेन्ट्रल जोन भलिबल : नेपाल किर्गिस्तानसँग फेरि पराजित, फाइनल पुग्न असफल

काठमाडौं : माल्दिभ्समा भइरहेको एभिसी मेन्स सिनियर सेन्ट्र जोन भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ।

च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको प्लेअफमा नेपाल किर्गिस्तानसँग ३-० को सेटमा पराजित भएसँगै तेस्रो बनेको हो। माल्दिभ्सको मालेमा भएको खेलमा किर्गिस्तानले नेपाललाई २५-१६, २५-२३, २५-२० को सेटमा पराजित गरेको हो।

प्लेअफमा पराजित भएपनि नेपालले कास्य पदक भने जितेको छ। नेपाली भलिबलको चार दशक भन्दा लामो इतिहासमा पुरुष टोलीले पदक जितेको यो पहिलो पटक हो।

नेपाल राउण्ड रोविन लिगको अन्तिम खेलमा पनि किर्गितस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो।

त्यसअघि तुर्कमिनेस्तानसँग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा भने माल्दिभ्सलाई हराएको थियो।

किर्गिस्तानले अब उपाधिका लागि तुर्कमिनेस्तानसँग खेल्नेछ। तुरकमिनेस्तान सबै खेल जित्दै फाइनल पगिसकेको छ।

४ टोली मात्र सहभागी च्याम्पियनसिपमा माल्दिभ्स भने लगातार तीन खेल हार्दै अन्तिम बनेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell