PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रायल फेल भएकालाई लाइसेन्स दिने कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर



ट्रायल फेल भएकालाई लाइसेन्स दिने कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार

पहिलोपोस्ट-
काठमाडौं : अख्तियारले ट्रायल परिक्षा फेल भएका ब्यक्तिलाई रेकर्ड सच्याएर सवारी चालक अनुमति पत्र लाइसेन्स दिएको भन्दै यातायात ब्यवस्था विभागका तत्कालिन कार्यलय प्रमुख रामदत्त भट्ट सहित १६ जना विरुद्ध मुद्दा दायर गरेको छ। साथै अभिलेख सच्याएर जारी गरिएको लाइसेन्स खारेज गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरेको छ।

अख्तियारका अनुसार यातायात व्यवस्था विभागका तत्कालीन निमित्त कार्यालय प्रमुख रामदत्त भट्ट, कम्प्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, कम्प्युटर अधिकृत राजेश पाछै महर्जन, कम्प्युटर अपरेटरहरु संजीव न्यौपाने, दिलीप सिंह धामी, पुष्करचन्द्र घिमिरे र राजनबाबु रिमाललाई अनियमित तरिकाले अभिलेख सच्याएको आरोपमा मुद्दा दायर गरेको जनाएको छ। 
 
विगत ६ महिनाको अवधिमा अनियमित तरिकाबाट ७ सय ७० मध्ये १ सय ९७ ट्रायल फेल भएका र ट्रायल फेल भएको ३ महिना अगावै पुनः प्रयोगात्मक परीक्षामा ५ सय ७३ लाइसेन्स परिक्षामा सामेल गराइएको अख्तियारले जनाएको छ।

अख्तियारले लाइसेन्सको बिचौलियामा काम गर्ने रमेश तामाङ, शम्शेरबहादुर थिङ,वसन्तकुमार कार्की, अमरमणि बराल, प्रभात पाठक, दधिराम सुवेदी र आङदावा शेर्पा समेत ७ जना बिचौलिया विरुद्ध समेत मुद्दा दायर गरेको छ। अख्तियारले मुद्दामा १६ जना बाट उपर कुल बिगो जम्मा रु. ५३ लाख ७८ हजार असुल उपर गर्न माग गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell