PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यसरी साउदीबाट ल्याइनेछ बम हत्याका अभियुक्त इस्माइली



यसरी साउदीबाट ल्याइनेछ बम हत्याका अभियुक्त इस्माइली
फोटो : नेपाल प्रहरी

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न सञ्जय इस्माइली मगरलाई साउदी अरेबियाको प्रहरीले पक्रेको छ। नेपाल प्रहरीको सहजिकरणमा साउदीमा ट्याक्सी चालक पेशामा रहँदै आएका इस्माइलीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो। बम हत्याको आरोपमा इस्माइलीलाई नेपाल प्रहरीले इन्टरपोलको डिफ्युजन नोटिसमा राखेको थियो।

बम हत्या काण्डपछि उनलाई नेपाल प्रहरीले दुई पटक पक्राउ गरे पनि पुष्टि हुन नसक्दा छाडेको थियो। तेस्रो पटकमा अन्य अभियुक्त पक्राउ हुँदा इस्माइलीले मुलुक छाडिसकेका थिए।

आजै साउदी प्रहरीले उनलाई पक्राउ गरेको हो। साउदीमा पनि ठाउँ फेरिफेरि बस्ने गरेकाले उनलाई समात्न समय लागेको हो। उनलाई पक्रन नेपाल प्रहरीका अधिकारी त्यहीँ छन्।

नेपालसँग सुपर्दगी सन्धी नभएकाले समातिएका उनलाई हस्तान्तरण गर्नेछैन। त्यहाँको कानुनअनुसार साउदी प्रहरीले उनलाई देश निकाला गर्नेछ। उनलाई नेपालको विमान चढाएर साउदी प्रहरीले पठाउनेछ। प्रहरीस्रोतका अनुसार नेपालबाट गएका प्रहरी त्यही विमानमा रहनेछन् र नेपाल ओर्लनासाथ उनलाई पक्रिनेछन्।  

रामेछाप जिल्ला खनियापानी ७ का २८ वर्षीय इस्माइली बम हत्याकाण्डमा संलग्नमध्ये एक सुटर हुन्। उनलाई पक्रनका लागि नेपाल प्रहरीले इन्टरपोलको डिफ्युजन नोटिसमा राखेको थियो। २०६९ जेठ १८ गते न्यायाधीश बमको शंखमुल युएनपार्क नजिकै गोली हानी हत्या गरिएको थियो। घटनामा संलग्न बाबु थापा भनिने मेघबहादुर थापा, शिव भनिने करण चौधरी, नविन भनिने प्रेमराज खड्का र दीपक कर्णलाई प्रहरीले समातेर सार्वजनिक गरिसकेको छ। घटनामा संलग्नमध्ये सञ्जय इस्माली मगर भने फरार थिए।

मगर काठमाडौंमा गुण्डागर्दी, भक्तपुरमा रक्तचन्दन लुट्ने गतिविधिमा सक्रिय रहेको प्रहरीको दावी छ। साथै प्रहरीसँग पनि उनको हिमचिम राम्रो थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell