PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'आज अनसनको चौथो दिन, सरकार किन अझै मौन'



'आज अनसनको चौथो दिन, सरकार किन अझै मौन'

काठमाडौं :  'चिकित्सा शिक्षाको गुणस्तर' तथा 'आम मानिसको पहुँचको स्वास्थ्य सेवा' का लागि भन्दै डाक्टर गोविन्द केसी अनसनमा बसेको बुधबार चारदिन बितेको छ। उनले आमरण अनसन बसेको यो पाँचौँ पटक हो।

बुधबार उनका आन्दोलनमा समर्थन गर्दै त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर र विद्यार्थीले डाक्टर केसीको आन्दोलनको समर्थन गर्दै सडकमा निस्किए। उनीहरु त्रिवि शिक्षण अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म हातमा प्लेकार्ड बोकेर निस्किए। केसीको अनसनको दबाब दिन उनीहरु बालुवाटारसम्म पुगे।

डाक्टर केसी विगतका आन्दोलनमा आफूसँग भएका सहमति सरकारले पुरा नगरेको भन्दै केसी काठमाडौंस्थित शिक्षण अस्पतालमा रहेको आफ्नै कार्यकक्षमा अनसन छन्।

डाक्टर केसीको स्वास्थ्य रेजिडेन्ट डाक्टरहरुले नियमित चेक गरिराखेका छन्। मंगलबारदेखि नै उनको छाती दुख्‍न थालेको छ। 'छाती दुख्छ, ब्लडप्रेसर घटेको छ, पिसाब हुन थालेको छ,' चिकित्सकका गुरुले आफ्नै स्वास्थ्यबारे सुनाए।

यो पनि पढ्नुस्: म सफल त हुन्छु नै : डाक्टर गोविन्द केसी
डाक्टर गोविन्द केसीका १० माग, अख्तियार प्रमुखदेखि अदालतको फैसलालाई च्यालेन्ज 

 'आज अनसनको चौथो दिन, सरकार किन अझै मौन', 'तीन करोड नेपालीको एउटै प्रश्न, सभासदको लगानी कि जनताको स्वास्थ्य?' जस्ता नारा लेखेका प्लेकार्ड बोकेर मेडिकल विद्यार्थीहरु सडकमा निस्केका थिए। हेर्नुस् तस्विरहरु:



















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell