PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​एएफसी यु-२३: नेपाल र अफगानिस्तान भिड्दै



​एएफसी यु-२३: नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं : एएफसी २३ वर्षमुनि (यु–२३) फुटबल प्रतियोगिताको छनोट खेलमा नेपालले बुधबार अफगानिस्तानसँग खेल्दै छ।  इरानको राजधानी तेहरानको अजादी रङ्गशालामा हुने खेलमा नेपाल अफगानिस्तानसँग जित्न चाहन्छ। खेलको एकदिन अघि मंगलबार नेपालका कोच ज्याक स्टेफानोस्कीले अफगानिस्तानसँग खेल्नका आफ्नो टीम पूर्णरुपमा तयार भएको बताएका छन्। उनले नेपाल अफगानिस्तानसँग जीतका लागि खेल्ने बताए। 

यही मैदानमा आफ्नो पहिलो खेलमा नेपाल इरानसँग ५-० गोल अन्तरले पराजित भएको थियो। 

राउण्ड रोबिन लिगको आधारमा हुने उक्त प्रतियोगितामा नेपाललसहित इरान, साउदी अरेबिया, अफगानिस्तान र प्यालेस्टाइन गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। नेपालले आफ्नो तेस्रो खेल १५ गते साउदी अरब र चौथो तथा अन्तिम खेल १७ गते प्यालेस्टाइनको सामना गर्नेछ।  

समूह ‘सी’अन्तर्गत भइरहेको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली एएफसी च्याम्पियनसिपको लागि छनोट हुनेछ भने उपविजेतामध्येबाट उत्कृष्ट घोषित हुने केही टोलीका लागि अघिल्लो चरण प्रवेश सम्भावनाको ढोका खुल्ला हुनेछ। 

विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने १० टोली र उपविजेतामध्ये उत्कृष्ट पाँच टोली अर्को वर्ष कतारमा हुने एएफसी च्याम्पियनसिपको लागि छनोट हुनेछन्। 

नेपालका खेलाडी: विकास कोथु (गोलकिपर), जगजित श्रेष्ठ (कप्तान), आकाश थापा, आदित्य चौधरी, अनन्त तामाङ, प्रकाश बुढाथोकी, विमल घर्ती मगर, हेमन गुरुङ अन्जन विष्ट, विश्वास श्रेष्ठ, विशाल राई बी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell