PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विमानस्थलमा अनिलको हाई-हाई



विमानस्थलमा अनिलको हाई-हाई

काठमाडौं : मलेसियामा सम्पन्न एसीसी यु-१६ क्रिकेटमा विजयी भएर नेपाली यु-१६ क्रिकेट टोली स्वदेश फिर्ता भएको छ। बिहीवार बिहान मलेसियन एअरको विमानबाट नेपाली टोली स्वदेश फर्केको हो।

विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा सहित क्यानका पदाधिकारीले खेलाडीलाई माला लगाएर स्वागत गरेका थिए।

स्वदेश फिर्ता भएको टोलीलाई स्वागत गर्न पुगेका समर्थकले १३ वर्षीय नेपाली स्पिनर अनिल खरेलको खुलेर प्रशंसा गरे। उनले प्रतियोगितामा 'मोस्ट प्रोमिसिङ प्लेयर' को अवार्ड हात पारेका थिए।

नेपाली यु-१६ टोलीका प्रशिक्षक वसन्त शाहीले अनिललाई प्रतियोगिताको सुरुमा सानो भनेर सबै टीमले हेपेको बताए।

'सुरुमा सानो फुच्चे बलर देखेर सबैले पत्याएनन्। तर उनले जब आफ्नो प्रदर्शन देखाए सबै टीम डराए,' शाहीले भने, 'पार्टीमा भेट हुँदा सबैले अनिलको प्रशंसा गर्थे। मलेसिया पनि अनिलको बलिङ देखेर डराएको थियो।'

विमानस्थलमा फोटोग्राफरदेखि सञ्चारकर्मीको नजरमा पनि सबैभन्दा बढी अनिल नै परे। समर्थक पनि अनिलसँग फोटो खिच्न झुम्मिए। 

प्रधानमन्त्रीले दिए बधाई
प्रधानमन्त्री सुशील कोइरालाले मलेसियामा भएको एसीसी यु-१६ प्रतियोगिता जितेकोमा नेपाली टोलीलाई बधाई दिएका छन्। बिहीबार एक विज्ञप्तिमार्फत कोइरालाले बधाइ दिएका हुन्।

'आफूले खेलेका सबै खेलमा प्रतिस्पर्धी टीमलाई फराकिलो अन्तरले पराजित गर्नु गौरवको विषय हो,' प्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ, 'नेपाली क्रिकेट टीमले विदेशी भूमिमा भएको अन्तर्राष्ट्रिय खेलमा यस्तो किर्तिमान कायम गरेर मुलुकको प्रतिष्ठा अभिवृद्धि गरेको छ।'

प्रधानमन्त्रीले नेपालले क्रिकेटमा राम्रो उपलब्धि गर्दै गएको प्रति यस्ता विजयबाट प्रेरणा लिएर आउने दिनमा पनि राष्ट्रको शीर उचो राख्न क्रिकेटसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell