PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​क्लिन केटिएम एपः रिपोर्ट गर्नुस्, आइपुग्छ महानगरको फोहोर उठाउने ट्रक



​क्लिन केटिएम एपः रिपोर्ट गर्नुस्, आइपुग्छ महानगरको फोहोर उठाउने ट्रक

काठमाडौं : महानगरभित्र कसैले फोहोर फालेको देख्नुभयो? फोहोर थुप्रिएको छ तर कसैले चासो नदिँदा त्यहाँ दुर्गन्ध भैरहेको छ? फोटो खिच्नुस् र पठाइदिनुस्। काठमाडौं महानगरपालिकाले फोहोर उठाउन तत्काल ट्रक पठाउने छ।  

वागमती सरसफाइ महाअभियानको १०० औँ साता पुरा गर्को अवसरमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले काठमाडौँ महानगरपालिकाले तयार गरेको ‘क्लिन केटिएम’ नामक मोबाइल एप्स पनि सार्वजनिक गरेका हुन्।

उक्त एप्स भएका मोबाइल बोक्ने कुनै पनि व्यक्तिले सार्वजनिक स्थानमा फोहर फाल्ने जो कसैको तस्बिर खिचेर काठमाडौँ महानगरपालिकामा पठाउने छ। ‘काठमाडौं महानगरपालिका सफा राख्न योगदान गर्न चाहनेका लागि यो एप लक्षित गरिएको हो’, एप डेस्क्रिप्सनमा लेखिएको छ।

यदि तपाईँ काठमाडौं महानगरपालिकामा बस्नुहुन्छ र आफ्नो आसपास सफा भैरहोस् भन्ने चाहनुहुन्छ भने एप डाउनलोड गर्नुस् र रिपोर्ट पठाउनुस्।

कसरी गर्ने त उजुरी?

पहिला एप खोल्नुहोस्। अब तपाईँले पठाउन चाहेको फोटो छान्नुहोस् वा खिच्नुहोस्। त्यसपछि कस्तो खालको फोहोर हो छान्नुहोस्। अब आफ्नो लोकेसन छान्नुहोस् अथवा जिपिएस ओपन गरेर अटोमेटिक लोकेसन पत्ता लगाउनुहोस्। फोटोबारे केही भन्न चाहनुहुन्छ? कमेन्ट एड गर्नुहोस्। र अन्तिममा सेन्ड गर्नुहोस्।

ध्यान दिनुस्, सुरक्षाका कारणले गलत रिपोर्ट तथा स्पाम रोक्न तपाईँको डिभाइस आइडी यो एपले लिनेछ।

राससका अनुसार उक्त एप्सले खिचेका तस्बिर काठमाडौँ महानगरपालिकाले सार्वजनिक गर्नुका साथै जरिवानासमेत गर्नेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell