PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

अब खाता नभएको बैँकमा गएर आफ्नो बैँकको खातामा रकम जम्मा गर्न सकिने



अब खाता नभएको बैँकमा गएर आफ्नो बैँकको खातामा रकम जम्मा गर्न सकिने

काठमाडौँ : अब आफ्नो खाता नभएको बैंकमा गएर पनि आफ्नो खाता रहेको बैँकमा पैसा जम्मा गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो।
 
बैंकिङ सेवा तथा कारोबारलाई थप सरल र सरज बनाउन यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ। 
 
अब सर्वसाधारणले आफ्नो खाता जुनसुकै बैंकमा रहे पनि अर्को बैंकबाट पैसा जम्मा गर्न पाउने केन्द्रीय बैंकले जनाएको छ। अहिले बैंकहरुले आफ्ना शाखा बीच दिइरहेको ‘एबिबिएस’ जस्तै प्रकृतिको सेवा अब अरु बैंकका लागि पनि दिनु पर्ने भएको हो। 

अर्थात् यदि तपाईँको खाता नबिल बैँकमा छ र तपाईँको नजिकमा एभरेस्ट बैँकको शाखा छ भने एभरेस्ट बैँकको शाखामा गएर नबिल बैँकमा रहेको तपाईँको खातामा रकम जम्मा गर्न सम्भव हुने भएको छ। 
 
सर्बसाधारणले नगद बोकेर आफ्नो खाता रहेको बैंकसम्म जाँदा कारोबार लागत र जोखिम समेत बढ्ने हुँदा यस्तो ब्यबस्था गरिएको मौद्रिक नीतिमा उल्लेख छ। यसले सर्वसाधारणको लागत तथा जोखिम कम गर्ने केन्द्रीय बैंकले जनाएको छ।     
 

मौद्रिक नीतिबारे अन्य समाचार

अब नयाँ गाडी किन्दा ३५ प्रतिशतमात्रै डाउन पेमेन्ट, घर कर्जा सीमा डेढ करोड
ठूलो रकमको कारोबार गर्दै हुनुहुन्छ? साउन १ देखि नयाँ नियम लागू हुँदैछ
अब भारत जाँदा एक लाख हैन ५० हजार रुपैयाँमात्र नगद लैजान पाइने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell