
- पहिलोपोस्ट -
बिहीबार अदालत परिसरमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, 'म संगीतालाई चोखो माया गर्छु, तर त्यसले अस्वीकार गरेको कारण एसिड प्रहार गरेको हुँ। त्यसलाई एसिड प्रहार गरेर मलाई धेरै खुशी लागेको छु, मेरो प्रेम अब सँधैको लागि अमर भयो।'
यसो भनिरहँदा उनको अनुहारमा पूरै हँसिलो थियो। हात हल्लाइ हल्लाइ 'मेरो प्रेम अमर भयो' भन्दै थिए जीवन।











जीवनले जिल्ला अदालत काठमाडौंमा दिएको बयानमा पनि संगीतालाई एसिड प्रहार गरेकोमा आफूलाई अलिकति पनि पछुतो नलागेको बताएका थिए। गल्तीवश सीमा बस्नेतलाई एसिड उछिट्टिएर लागेकोमा भने दुःखी भएको बयान दिएको अदालतका श्रेष्तेदार श्रीप्रसाद सन्जेल बताउँछन्।
यता, अदालत परिसरमै रहेकी संगीताकी आमाले भने जीवन बिकले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाइन्। उनले बिहीबार अदालतमा जीवनसँग भेट हुँदा आफ्नो परिवारको सबै जनालाई मार्ने धम्की दिएको प्रतिक्रिया दिइन्।


अदालतमै उपस्थित पीडित सीमाले जीवन जेल चलान भएकोमा आफू धेरै खुशी भएको बताउँदै सरकारले फाँसीको व्यवस्था ल्याएर त्यसलाई छिट्टै फाँसी दिनु पर्ने माग गरिन्।
स्वीकृति पराजुलीको एकल इजलासले दिएको आदेशपछि जीवन अब मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै रहनुपर्नेछ।
रामेछाप जिल्ला फुलासी गाविस घर भई टोखामा डेरा लिई बस्दै आएका २० वर्षीय जीवन विकलाई उनकै डेराबाट यही चैत ५ गते राति महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको थियो। २४ दिनको अनुसन्धानपछि चैत २९ मा मुद्दा दर्ता गरिएको थियो।
यो पनि हेर्नुस्-
किन गरेका रहेछन् जीवनले संगीतामाथि तेजाब आक्रमण?