PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

चुडामणिको बन्दी प्रत्यक्षीकरण मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा



चुडामणिको बन्दी प्रत्यक्षीकरण मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा

काठमाडौँ : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा आज दोस्रो दिन पनि हेर्दाहेर्दैमा परेको छ। 

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गएको मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।

त्यसै अनुसार शुक्रबार सर्वोच्च अदालतमा उनलाई पेश गरिएकोमा न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले हेर्दाहेर्दैमा राखेको थियो।

साउन १ गते सर्वोच्च अदालत बन्द हुने भए पनि बन्दी प्रत्यक्षीकरणको यही एउटा मुद्दाका लागि चोलेन्द्र र प्रकाशमानको इजलास राखिएको थियो। तर आइतबार पनि मुद्दा हेर्दाहेर्दैमा रह्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell