काठमाडौँ : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा आज पनि हेर्दाहेर्दैमा परेको छ।
शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गएको मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चले भोलिपल्ट बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।
त्यसै अनुसार शुक्रबारदेखि न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले हेर्दाहेर्दैमा राखेको छ।
उता अख्तियारले भने आइतबार चुडामणिविरुद्ध विशेष अदालतमा अहिलेसम्मकै ठूलो भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ।