PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पूर्वराजा ज्ञानेन्द्रको अवस्थाबारे पत्रकार सम्मेलन, ६ डाक्टरको निगरानी



पूर्वराजा ज्ञानेन्द्रको अवस्थाबारे पत्रकार सम्मेलन, ६ डाक्टरको निगरानी
फाइल फोटो

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको नर्भिक अस्पतालले जनाएको छ । 

पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा यादवदेव भट्टले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

पूर्वराजा शाह आज बिहान मुटुको उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। 

डा यादवले उनको स्वास्थ्य अहिले सामान्य रहेको भन्दै दुई÷तीन दिनभित्र स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गर्ने जानकारी दिए। पूर्वराजा शाहको उपचारमा मुटुरोग प्रमुख भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ्ग राणा संलग्न छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell