PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सर्वोच्चको फैसलापछि पदबाट हटे पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ



 सर्वोच्चको फैसलापछि पदबाट हटे पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ

पाकिस्तानी सर्वोच्च अदालतले पनामा पेपर्सले लिक गरेका प्रमाणका आधारमा प्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर गर्दै पदमा बस्न अयोग्य घोषणा गरेसँगै उनी पदबाट हटेका छन्।

सरिफले अदालतको आदेशप्रति असहमति जनाउँदै उपलब्ध सबै संवैधानिक र कानुनी विकल्पको खोजी गर्ने बताएका छन्। 
 
बहालवाला प्रधानमन्त्री विरुद्ध पेपर्सका  प्रमाणका आधारमा कालो धन जम्मा गरेको भन्ने आरोपमा परेको मुद्दामा उनलाई दोषी ठहर गरिएको हो। सर्वोच्च अदालतले गरेको फैसलासँगै सरिफ प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन्। यद्यपि उनले राजिनामा दिने नदिनेबारे उनको धारणा आइसकेको छैन। 

सर्वोच्च अदालतका पाँच जनाको बृहत पूर्ण इजलासले सरिफलाई दोषी ठहर गरेको हो। बृहत पूर्ण इजलासको फैसला उपर पुनरावेदनसमेत नलाग्ने अभ्यास छ।
 
सन् २०१५ मा लिक भएको पनामा पेपर्स प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिका बारे छानबिन भएको थियो।

प्रधानमन्त्री नवाज शरिफले निरन्तर रुपमा आफूले कुनै गलत काम नगरेको दावी गर्दै आएका छन्।

यसअघि आइसल्यान्डका प्रधानमन्त्रीले पनामा पेपर्स प्रकरणमै राजीनामा दिइसकेका छन्। 

विश्वका धनी र शक्तिशाली व्यक्तिहरुले धन लुकाउन गरेका गतिविधिको पोल खुल्ने गरी पनामा पेपर्स लिक भएको हो। 

सम्बन्धित लिङ्क
के हो विश्व हल्लाएको पनामा पेपर्स लिक? जान्नै पर्ने ९ प्रश्न र जवाफ
पनामा पेपर्स लिक : नेपालीको नाम सार्वजनिक, उपेन्द्र महतोदेखि चौधरीसम्मको नाम
पनामा पेपर्सको डेटाबेसमा थप नेपाली भेटिए, हेर्नुस् को-को? के हो पृष्ठभूमि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell