PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

सार्वजनिक सवारी साधनमा भोलिदेखि सेफ्टी पिन स्टिङ अपरेसन



सार्वजनिक सवारी साधनमा भोलिदेखि सेफ्टी पिन स्टिङ अपरेसन

काठमाडौँ :  महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरुलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले भोलिदेखि सेफ्टी पिन स्टिङ अपरेसन सञ्चालन गर्ने भएको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो।

डिआइजी बमबहादुर भण्डारीका अनुसार भोलिदेखि पिक आवरमा बसभित्र सादा पोशाकमा महिला र पुरुष प्रहरी खटिनेछन्। बसभित्र महिलालाई हिंसा भएमा प्रहरीले तुरुन्त पक्रेर कारवाही गर्नेछन्।

महिलाहरुले उजुरी गरेमा बसभित्र प्रहरीहरु तुरुन्त पुग्ने समेत भण्डारीले जनाए।

त्यसैगरी अपराधी तथा फरार अभियुक्त पक्रनको लागि भेहिकल एक्स रे मेसिन राख्ने डिआइजी भण्डारीले बताए। भण्डारीका अनुसार भेहिकल एक्स रे मेसिनले अभियुक्त तथा फरार अपराधीको अनुहार देख्ने बित्तिकै प्रहरीलाई खबर गर्छ। यसले अपराधी पक्रन सहयोग गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell