PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सबभन्दा बढी अपराध काठमाडौँमा, भदौ महिनामा हुन्छ धेरै अपराध



सबभन्दा बढी अपराध काठमाडौँमा, भदौ महिनामा हुन्छ धेरै अपराध

काठमाडौँ : महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँले आर्थिक वर्ष ६९।७० देखी ७२।७३ सम्मको अपराध तथ्यांकको विश्लेषण प्रस्तुत गरेको छ। 

विश्लेषण कार्यक्रममा नेपाल प्रहरीका डिआइजीपी बमबहादुर भण्डारी, ट्राफिक प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र काठमाडौँ प्रहरी प्रमुख छविलाल जोशी उपस्थित थिए ।

कार्यक्रममा गत तीन आर्थिक वर्षमा भएका अपराधहरुको बारेमा विस्तृत जानकारी दिइएको थियो। प्रहरीले सार्वजानिक गरेको तथ्यांकमा काठमाडौँमा ७७ प्रतिशत, भक्तपुरमा ८ प्रतिशत र ललितपुरमा १५ प्रतिशत अपराध भएको देखिएको छ ।

आर्थिक वर्ष ७०।७१ मा ५ हजार ९ सय ८८ अपराध भएका छन् भने, ७१।७२ मा बढेर ६ हजार २ सय ४४ अपराध भएका छन् । आर्थिक वर्ष ७३।७४ मा ५ हजार ९ सय २४ अपराध भएका छन्।

३ वर्षको तथ्यांक हेर्दा असोज र वैशाख महिनामा कम अपराध (४३१।४१७) भएको देखिएको छ भने भदौ महिनामा सबैभन्दा बढी ५९६ अपराध भएको उल्लेख छ।

प्रहरीले सार्वजानिक गरेको तथ्यांक अनुसार बेरोजगार युवाहरुले कूल अपराधहरुको ७५ प्रतिशत अपराध गर्ने देखाएको छ भने मजदुरहरु र अन्य समुदायका बाँकी २५ प्रतिशत अपराधमा संलग्न हुने देखाएको छ।

तथ्यांकलाई आधार मान्ने हो भने उपत्यकामा सबैभन्दा बढी चोरी, त्यसपछि लागूऔषध कारोबार र सवारी ज्यान मार्ने देखिएको छ।
उपत्यकामा तीन आर्थिक वर्षमा १४ सय ९१ वटा चोरी भएका छन् भने ६ सय ९५ वटा लागूऔषध कारोबार भएको छ। त्यसैगरी सवारी ज्यानको तथ्यांक पनि लागूऔषध कारोबारको जस्तै छ।

बढ्दै गरेको अपराध

प्रहरीका अनुसार बैंकिङ अपराध, विद्युतीय कारोबार, मानव बेचविखन र लागूऔषध अपराधहरुलाई बढ्दै गरेको अपराधको रुपमा प्रहरीले व्याख्या गरेको छ। सांगठनिक अपराध र साइबर अपराधपनि बढ्दै गरेको अपराधको सूचीमा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell