काठमाडौं : नेपाली नम्वर वान लेडी गल्फर वैदेशिक प्रशिक्षण र गल्फ टुर्नामेन्टमा सहभागिता जनाउन हाल अमेरिकामा छन्। तीन मध्ये दुई प्रतियोगिता प्रतिमाले खेलिसकेकी छन्।
त्यसमा पनि दुई दिनअघि सम्मन्न फाउण्डर्स कपमा प्रतिमा च्याम्पियन नै बनिन्।
अमेरिकाबाट पहिलोपोस्टसँगको कुराकानीमा प्रतिमा निकै उत्साहित बनिन्। 'यसले मलाई अझ परिपक्क बनाएको छ।'
ला कोस्टा गल्फ कोर्समा भएको फाउण्डर्स कपमा अन्य १९ खेलाडीलाई पछि पार्दै प्रतिमा विजेता बनिन्। पार ७१ गल्फ कोर्समा भएको खेलमा प्रतिमाले २ ओर ७३ अंक स्कोर गरिन्।
दोस्रो बनेकी क्याथरिन रायोले ५ ओभर ७६ स्कोर गरिन्।
फाउण्डर्स कप खेल्नु अघि प्रतिमाले एलपीजिए गल्फ कोर्समा अर्को प्रतियोगिता खेल्ने मौका पाएकी थिइन्। 'त्यो धेरै टप प्लेअरहरुको टुर्नामेन्ट थियो त्यो। त्यहाँ ३८ जनाले प्रतिस्पर्धा गरेकोमा म १२औं भएको थियो।'
'एलपीजिए कोर्समा खेलेकोले मेरो कन्फिडेन्ट बढेको थियो। त्यही कन्फिडेन्टले गर्दा मैले राम्रो खेल्दै जित हात पारेँ।' कसरी? कारण यस्तो दिन्छिन्, 'किनकी एलपीजिए कोर्समा खेलेका केटीहरुसँग मैले डराएर खेल्नु परेन, कोर्स व्वयस्थान अझै राम्रोसँग सिकियो भने धेरै मज्जाले खेल्न सकिन्छ।'
गल्फमा विजेता बनेपछि प्रतिमाको नाम मेडल लिन बोलाइयो। उनी त्यतिबेला उत्साहित बनिन् जतिबेला उनको नाम भन्दा काठमाडौं र नेपालको नाम आयो।
मलाई मेरो नाम एनाउन्स गर्दा प्रतिमा फ्रम काठमाडौं नेपाल भन्दा फरक खालको अनुभुती भयो। 'आफ्नो नाम भन्दा पनि नेपालको नाम सुन्दा छुट्टै खुशी र मज्जा हुँदो रहेछ।' प्रतिमाले आफ्नो खुशी यसरी व्यक्त गरिन्, 'मलाई यहाँ प्रतिमा भन्दा पनि नेपालबाट बएको भनेर बढी चिन्छन्।'
च्याम्पियन बनेपछि अन्य खेलाडीहरु प्रतिमाको नजिक पुगे। 'सबैले मेरो छेमा आएर बधाई दिए। उनीहरुले मलाई राम्रो खेल्यो भने रअझै राम्रो खेल्न सक्छौ भने।'