PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चुडामणि शर्माको मुद्दामा सर्वोच्चले शुक्रबार निर्णय सुनाउने



चुडामणि शर्माको मुद्दामा सर्वोच्चले शुक्रबार निर्णय सुनाउने

काठमाडौँ : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा संवैधानिक प्रश्न पनि जोडिएको भन्दै बृहत् पूर्ण इजलासमा भइरहेको सुनुवाई सकिएको छ। 

आज सर्वोच्‍चको इजलासले शुक्रबारका लागि निसु तोकेको छ। 

अख्तियारले शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीहरु विरुद्ध १० अर्बभन्दा बढी बिगो दावी गर्दै विशेष अदालतमा  भ्रष्टाचारको मुद्दा दायर गरेपछि परेको मुद्दामा  सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेश दिँदै उक्त मुद्दा हाललाई यथास्थितिमा राख्न भनेको थियो। 

गत साउन १७ मा उनलाई अख्तियारको हिरासतबाट न्यायिक हिरासतमा राख्न सर्वोच्च अदालतले आदेश दिएको थियो। साउन ८ गतेदेखि पाँच न्यायाधीशको बृहत् पूर्ण इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell