PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतको शिव मन्दिरमा झुन्डिएको अवस्थामा नेपालीको शव



खिरी : भारतको उत्तर प्रदेशको लखिमपुर खीरीमा रहेको एक शिव मन्दिरमा नेपाली युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ। नेपालगञ्ज नजिकै रुपडियाबाट दिल्ली जाने हाइवे नजिकैको पिलिभिति बस्तीमा रहेको शिव मन्दिरमा युवकको हत्या गरी झुन्ड्याइएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार नेपाल सीमाबाट दिल्ली जाँदै गरेको बसमा रहेका युवकलाई अज्ञात समूहले समातेर उनीसँग रहेको १९ हजार रुपैयाँ लुटेका थिए। त्यसपछि उनलाई बस्तीबाट ५ सय मिटर टाढा रहेको मन्दिरमा रहेको घन्टीमा उनलाई झुन्ड्याइएको थियो। ती युवकको पहिचान पुलिसले खुलाएको छैन।

घटनास्थल नेपालगञ्जबाट १ सय २० किलोमिटर दुरीमा पर्छ। बिहान मन्दिर खुला भएपछिमात्रै उनको शव फेला परेको भारतीय अनलाइनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell