PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सम्पूर्ण शक्ति उद्धारमा लगाउन प्रधानमन्त्रीको निर्देशन : दैविप्रकोप उद्धार समितिको आकस्मिक बैठक



सम्पूर्ण शक्ति उद्धारमा लगाउन प्रधानमन्त्रीको निर्देशन : दैविप्रकोप उद्धार समितिको आकस्मिक बैठक

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परी ३० जनाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर सम्पूर्ण शक्ति उद्धार र राहतमा लगाउन निर्देशन दिएका छन्।

सरकारी निवास बालुवाटारमा डाकेर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्।
 
देउवाले राहत र उद्धारका लागि आवश्यक स्रोतसाधन र निर्णयका लागि आफू तयार रहेकोर भन्दै प्राथमिकतामा उद्धारलाई राखेर राहत तथा पुनःस्थापनामा लाग्न निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीसँगै गृहसचिव, गृहमन्त्रालयको शान्तिसुरक्षा महाशाखाका प्रमुख तथा विपतव्यवस्थापन महासाखाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई राखेर निर्देशन दिएका हुन्।
 
प्रधानमन्त्रीको निर्देशनलगत्तै गृहमन्त्रीको नेतृत्वको दैवीप्रकोप उद्धार समितिको आस्मिक बैठक बस्न लागेको छ।

दैविप्रकोप उद्धार समितिको आस्मिक बैठकले निर्णय गरेपछि उद्धारका लागि सम्पूर्ण क्षेत्रमा टोलिहरु परिचालिन हुने प्रवक्ता काफ्लेले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell