काठमाडौः कीर्तिपुरमा एक बालकको खाल्डोमा डुबेर मृत्यु भएको छ।
दोलखा मेलुङ गाउँपालिका ४ घर भई ललितपुर भैँसेपाटी बस्ने १२ वर्षीय बालकको मृत्यु भएको हो।
कीर्तिपुर नगरपालिका ६ चोभारस्थित फनपार्क पछाडि पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा सोमबार डुबेर मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
बालकको नाम खुलेको छैन। उनको उपचारको क्रममा वयोधा अस्पतालमा मृत्यु भएको हो।