काठमाडौँ : संसदमा प्रयोग भएको बाँदर शब्द रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरेका छन्।
संसदमा सार्वजनिक महत्वको प्रस्तावमा छलफलका क्रममा एमाले सांसद ममता गिरीले बाँदर शब्द प्रयोग गरेकी थिइन्। कांग्रेस सांसद रामहरि खतिवडाले अमर्यादित शब्द प्रयोग भएको भन्दै नियमापत्ति गरेपछि सभामुखको आसनमा रहेका नारायणबहादुर कार्कीले शब्द हटाउन सचिवालयलाई निर्देशन दिए।