PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

६ महिनापछि अनुगमन गर्दा पनि विमानस्थलको हालत उस्तै



काठमाडौं : मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएका कमजोरी हटाउन दिएको निर्देशन ६ महिनामा पनि पालन नभएको देखिएको छ। २०७१ साल कार्तिक ५ गते निरीक्षणपछि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायका पदाधिकारी सम्मिलित सीघ्र समस्या सम्बोधन समूह गठन गरिएको थियो। तर तत्काल समस्या समाधान गर्न गठित कार्यदलले सिन्कोसमेत भाँचेन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज जारी गरेको वक्तव्यमा भनेको छ - विमानस्थलमा भएका कमी कमजोरी सुधार गर्न लगाउन र अध्यागमन‚ भन्सार‚ श्रम डेस्क‚ सुरक्षा व्यवस्था‚ बैंक एवं विमानस्थलमा उपलब्ध हुनुपर्ने न्यूनतम सेवा‚ सुविधा लगायतका बिषयमा नियमित अनुगमन गर्न र आइपर्ने समस्याहरु तत्काल सम्बोधन गर्न एवं विमानस्थल सुधारको लागि नेपाल सरकारलाई सुझाव दिन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायका पदाधिकारीहरु सम्मिलित सिघ्र समस्या सम्बोधन समूह गठन भएकोमा सो समूहले हालसम्म काम नगरेकोले तत्काल सक्रिय बनाई कार्य थालनी गर्ने।
 
विमानस्थलमा हवाई यात्रुहरुले समयमा व्यागेज प्राप्त गर्न नसक्ने‚ एअरलाइन्सहरुले सम्मानजनक व्यवहार नगर्ने‚ श्रम‚ अध्यागमन तथा भन्सार सम्बन्धी कार्यहरुमा झन्झटपूर्ण प्रक्रिया पुरा गर्नुपर्ने‚ दिउँसो ११ देखि ४ बजे सम्म र साँझ ७ देखि राति १० बजे सम्मको अवधिमा अत्याधिक उडान हुँदा प्रस्थान तथा आगमन कक्ष व्यवस्थित नभएको जस्ता गुनासो आएपछि अनुगमन गरिएको थियो।

यात्रुहरुले कठिनाई व्यहोर्नुपर्ने‚ ट्रान्जिट यात्रुहरुको लागि उपयुक्त व्यवस्था नभएको‚ शौचालय र विमानस्थलका अन्य संरचनाहरु सफाईमा अझै पनि उचित ध्यान नपुर्‍याइएको र यस्ता गुनासाहरु सम्बन्धित निकायमा राख्दा उचित रुपमा सुनुवाई नभएको गुनासाहरु बारम्बार आएपछि मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको नेतृत्वमा निरीक्षण गरिएको थियो।

अनुगमनपछि सचिव सुवेदीले विभिन्न निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell