PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मिडियाको प्रस्तुतिमा प्रचण्डका पाँच असन्तुष्टि



  • पहिलोपोस्ट -
काठमाडौँ : नेपाली पत्रकारितामा सबैभन्दा धेरै कभरेज राजनीतिक घटनाक्रमले पाउने गरेको छ। अझ राजनीतिसँगै दैनिकजसो प्रमुख राजनीतिक दल र शीर्ष नेताका क्रियाकलाप, भनाइ र गराइ हेडलाइन बन्ने गरेको छ। सबैभन्दा धेरै समाचार कभरेज पाउने मध्ये कै नेता हुन् एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड। तर प्रचण्ड मिडियाको काम गराइको शैलीप्रति असन्तुष्ट छन्। उनका पाँच असन्तुष्टि यस्ता रहे-

१) मैले नै भाँडेको जस्तो गर्ने?

२०७० जेठ २ गते १५ दिन लगाएर ११ प्रदेशमा सहमतिको कोसिस मैले गरेको हुँ। त्यतिबेला म विवाद समाधान उपसमितिको संयोजक थिएँ। तर मैले नै भाँडेको जसरी मिडियामा आयो। नेपाली मिडियाको यो कस्तो प्रचार शैली हो? कुरा त्यो सत्य होइन। सतर्क भएर, गम्भीर भएर विचार गर्न जरुरी छ, जेठ २ मा सहमति बनाउने म हो। तर अहिले सहमतिबाट ब्याक हटेको भनेर आइरहेको छ। गलत ठाउँमा आरोप लगाउने कता बाट के भइराखेको छ?
 

२) मान्छेले बुझिनसक्नु बनाइयो

गत माघ ५ गते संविधानसभा भवनमा भएको झडपअघिका घटना पनि जनतालाई निकै नै भाँचेर कुच्याएर सूचना दिने काम भयो। ५ गते तीन वटा विषय सिद्धान्ततः टुङ्गियो। ठोसमा नटुङ्गिए पनि संघीयतामा बाँकी भनेर राजनीतिक वक्तव्य दिउँ भनेर भनेको थिएँ। तर त्यो कुरा निकै नै तोडमरोड गरेर, भाँचेर, कुच्याएर मान्छेले बुझिनसक्नु बनाउने काम भएको छ यहाँ।

३) मिडियालाई पनि भाँडभैलो चाहिएको हो?

मलाई मिडियाका साथीहरु देखेर अनौठो लाग्छ। गत चैत २४ गते तीन दिने बन्द घोषणा गरेपछि धेरैले उचित लागेन भने। पत्रकारहरुले पनि बन्द गर्न हुन्न भने। नागरिक समाज, उद्योगीले जनभावना विपरीत भयो भने। अनि मैले २४ गतेको बन्द पछि फिर्ता लिएँ। मैले नै स्थगित गरौँ भनेर तीस दल बैठकमा भनेँ र फिर्ता पनि भयो। तर अहँ, मिडियाले प्रचण्डले जनभावना बुझेर फिर्ता लिए भन्नुभएन। बरु ४ – ५ दिनसम्म उपेन्द्र (यादव)लाई धोका दियो भनेर दिनुभयो। तपाइँहरुलाई पनि भाँडभैलो चाहिएको रहेछ। मिडियाले सोच्नुपर्छ के विचित्र हो यो?

४) जे हो त्यही किन नलेखेको?

प्रधानमन्त्री निवास बालुवाटारमा ६ बैशाखमा बसेको बैठकमा सबै दलहरुबीच सहमतिमा जानुपर्छ भन्नेमा कुरा मिल्यो। ठोसमा केही मिलेको थिएन। तपाइँहरुले जे हो त्यो लेख्नुपर्थ्यो। अहिले फेरि आज कुरा फेरियो। प्रचण्ड ब्याक हट्यो भनेर समाचार आएको छ। प्रचण्डलाई आक्रमण गर्ने समाचार मुख्य समाचार बन्ने गरेको छ।
 

५) कसरी बनाएको समाचार?

सर्वोच्च अदालतको फैसलाबाट माओवादी आत्तियो भनेर समाचार आएको छ। सर्वोच्चको फैसलाले पिर माओवादीलाई भन्दा कांग्रेसलाई बढी परेको छ। त्यसले त सेना, पुलिस, कांग्रेस, एमालेलाई तान्छ। सबैभन्दा धेरै द्वन्द्वका बेला १२/१३ हजार माओवादीलाई मारेको छ। राज्य पक्षले धेरै बलात्कार गरेको छ, विद्रोही पक्षले छैन। तर त्यसरी समाचार तयार भएको छैन। त्यो बेलाको मुद्दामा जेल पर्‍यो भने पनि हामी त राष्ट्रिय अन्तराष्ट्रिय रुपमा हिरो हुन्छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell